गण्डकीमा सत्ता पक्षकी सांसद भन्छिन्, ‘दिवा सपना देखेर नीति तथा कार्यक्रमा आयो’

पोखरा ।
सत्ता पक्षकै सांसद ओमकला गौतमले गण्डकी प्रदेश सरकारले ल्याएको नीति तथा कार्याक्रम दिवा सपना देखेर ल्याएको बताएकी छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुले जेठ २४ गते प्रदेशसभामा पेश गरेको आर्थिक वर्ष ०७९÷८०को नीति तथा कार्यक्रममा माथी छलफल भाग लिँदै गौतमले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले दिवा सपना देखेर ल्याएको नीति तथा कार्यक्रम समग्र प्रदेशबासीको हित केन्द्रित भएको बताइन् ।
‘विगतको तुलनामा यो सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्कृष्ट छ । यो गण्डकी प्रदेशका सबै नागरिकलाई सुखी र सम्पन्न बनाउने खालको छ,’ उनले भनिन्, ‘यसको अक्षरस पालना होस् शुभकामना छ ।’
एमालेका सांसदले प्रदेश सरकारले दिवा सपना देखेर योजनाहरु कुनठित गर्ने खालको टुक्रे योजनालाई प्राथमिकता दिएको र जनताको आवश्यकतालाई मध्यनजर नगरको बताएका थिए ।
नेपाली कांग्रेस गण्डकी प्रदेशकी प्रमुख सचेतक समेत रहेकी गौतमले प्रदेश सरकारले दिउँसोमा सपना देखेर नीति तथा कार्यक्रम नल्याए प्रदेशको समृद्ध आउन नसक्ने उनले बताइन् ।
‘रातमा देखेको सपनाले केही पनि गर्न सक्दैन । दिउँसोमा सपना देखेर कार्यदिशा कोरेर ननिदाएको बेलामा आँखा ट्वालट्वाल हेरेर ल्याउने हो,’ उनले भनिन्, ‘आँखा चिम्लेर राति सपनादेखेर यो प्रदेशको समृद्धि आउन सक्दैन । सुखी नेपाली समृद्ध प्रदेश बन्न सक्दैन ।’ एमाले सांसद रोशनबहादुर गाहा थापाले विगतको नीति तथा कार्यक्रम समिक्षा नगरीकन यो पटक कार्यक्रम आएको बताए । ‘स्वंम सत्ता पक्षकै सांसदले विरोध गर्नुभएको । नीति तथा कार्यक्रममा जनताप्रतिको अविश्वास छ । यसले जनु खालको दिसा निर्देशित गर्नुपर्ने थियो त्यो खालको ल्याउन सकेन,’ उनले भने ।
प्रदेशबासीलाई विश्वास दिलाउन नसक्ने खालको नीति तथा कार्यक्रम ल्याएको उनले आरोप लगाए । ‘सरकार सबैको विश्वास गह्रण गर्न सक्नुपर्छ । नीति तथा कार्यक्रममा पूर्वाग्रही साधने गरी ल्यायो,’ उनले भने ।
नीति तथा कार्यक्रम देखाउनका लागि मात्र आएकाले साच्चिकै काम गर्नको लागि नीति तथा कार्यक्रम नआएको माओवादी सांसद दीपक कोइरालाले बताए । उनले अब आउने नीति कार्यक्रम काम गर्नका लागिमात्र ल्याउन बताए । ‘हाम्रो कस्तो कार्यशैलीले नीति तथा ल्यायौं त्यो हेर्न पर्छ । यो सरकारले यस्तो योजनाहरु ल्यायो भन्दा पनि आफुले सत्तामा हुँदा कस्ता योजना आए हेर्नुपर्छ,’ उनले भने, ‘कार्यन्वय गर्ने कुरामा हामी सबै फेल छौं । ५ वर्ष अघि नीति तथा कार्यक्रममा ल्याएको योजनाहरु अहिलेसम्म मिल्किरहेका छन् ।’
कोइरालाले ५ वर्षअघि ल्याएको योजना अहिलेसम्म पूरा नभएको बताए । ‘पाँच वर्षअघि १ करोडको पुल बनाउने योजना परेको थियो । त्यो अहिलेसम्म कार्यान्वय भएको छैन ।’ नीति तथा कार्यक्रम ल्याएका सम्पूर्ण योजनाहरु कार्यान्वय गर्न यो त्यो भन्दा पनि हामी सबैको कार्यशैली बदल्नुपर्छ ।’








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया