‘सफल दही एकदम सही’

पोखरा ।
सुजल डेरीले आफ्नो उत्पादन सफल दही एकदमै सही रहेको बताएको छ । १८ वर्षदेखि पोखरा र आसपासको ठाउँमा लोकप्रिय सफल दही गाई तथा भैंसीको दूधलाई उच्चकोटिको प्रविधिद्वारा प्रोसेसिङ गरी गुणस्तरीय ल्याक्टिक कल्चर प्रयोग गरिएको बाक्लो र मलायदार रहेको कम्पनीको भनाइ छ ।
‘खाँदा मिठो र स्वास्थ्यका लागि फाइदा जनक रहेको कारण परिवारको नियमित खानामा सफल दही प्रयोग गरेको पाइन्छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सफल दही स्वास्थ्यका लागि अत्यावश्यक गुणहरूले जस्तै क्याल्सियम, प्रोटिन÷भिटामिनले भरिपूर्ण भएकाले हुर्किँदै गरेको बालबालिकादेखि युवा, वयस्क र वृद्ध–वृद्धालाई समेत गुणकारी भएको पाइन्छ ।’ यो दहीमा भएको क्याल्सियमले हड्डी बलियो बनाउने, प्राटिनले शारीरिक तन्दुरुस्ती ल्याउले र भिटामिनले रोग प्रतिरोधात्मक क्षमता बढाउने सुजल डेरीले उल्लेख गरेको छ ।
सन्तुलित खाना सबैको आवश्यकता भए पनि आजको व्यस्त दैनिकीले घर–घरका गृहिणीहरुका लागि चुनौतीपूर्ण बनेको अवस्थामा दैनिक खानासँगै सफल दही पनि मिसाउन सके सजिलै सबै परिवारका लागि पोषणयुक्त र सन्तुलित आहार तयार गर्न सजिलो बनाउने हेतुले क्याम्पेन ल्याइएको सुजल डेरीले जनाएको छ । ‘विभिन्न चाडबाडमा अत्यावश्यक परिकारमध्येको एक दही हाम्रो समाजको अभिन्न अंगको रूपमा रही आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो गुणस्तरका लागि अत्याधिक रुचाइएको सफल दही होटल तथा रेस्टुरामा विभिन्न स्वादिष्ट खानाहरु बनाउन पनि एकदमै प्रयोग गरेको पाइन्छ ।’
आइएसओ २२०००एम २०१८ मापदण्ड प्राप्त कम्पनीका विभिन्न उत्पादनहरू बजारमा छन् । बदलिएको परिवेशमा आधुनिक परिवारको आवश्यकतालाई हेरी दहीलाई नियमित भान्साको अभिन्न अंग बनाउने र परिवारलाई चाहिने सन्तुलित आहार तयार गर्न सजिलो हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । ‘व्यस्त दैनिकी र हरेक पलको भाग–दौड बीच आजको आधुनिक परिवारलाई चाहिन्छ सन्तुलित र पोषणयुक्त आहार-त्यो पनि सजिलो र छिटो । त्यसैले त तपाईं र तपाईंको परिवारको सन्तुलित आहारको लागि स्वाद, स्वास्थ्य र सन्तुष्टिले भरिएको सफल दही, एकदम सही छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सफल दही शुद्ध गाई तथा भैंसीको दूधलाई उच्च स्तरीय प्रविधिद्वारा प्रशोधन गरी बनाइएको बाक्लो र मलायदार दही हो ।’








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया