सामाजिक अध्ययन मञ्च कास्कीमा दिनेश

पोखरा ।
सामाजिक अध्ययन मञ्च, कास्कीको १३ औं साधारण सभा तथा ७ औं अधिवेशन सगै पाठ्यक्रम प्रवोधीकरण कार्यक्रम एसओएस हर्मन माइनर गण्डकीको सभाहलमा सम्पन्न भयो । अधिवेशनले दिनेश अर्यालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । कार्यसमितिमा निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष सकुन्तला सोती, सचिव तिलकप्रसाद काफ्ले, कोषाध्यक्ष घनश्याम आचार्य, सह–सचिवमा टीकाराम शर्मा छन् ।
सदस्यहरूमा क्रमशः डिलकुमारी पौडेल, केशवप्रसाद भट्टराई, नारायणी शर्मा, बृहस्पति लम्साल, हेम सुवेदी, रामप्रसाद ढकाल, मीनप्रसाद तिवारी र दीपकराज सापकोटा निर्वाचित भएका छन् । सामाजिक अध्ययन मञ्च कास्कीका सचिव गोविन्द काफ्लेद्वारा सञ्चालन गरिएको कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका सामाजिक अध्ययन विषयका विषय विज्ञ तथा प्रशिक्षक ध्रुवराज थापले कक्षा ९, ११ र १२ को पाठ्यक्रम प्रवोधीकरण एवम् अन्तक्र्रियाको सहजीकरण गरेका थिए ।
मञ्चका निवर्तमान अध्यक्ष टेकनाथ पौडेलले कक्षा ४, ६ र ७ तथा सदस्य नारायणी शर्माले कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम प्रवोधीकरण एवं अन्तरक्रिया सहजीकरण गरेका थिए । कास्की जिल्लाका विभिन्न सार्वजनिक तथा निजी विद्यालयहरुमा विभिन्न तहमा अध्यापनरत करिब २०० शिक्षकहरुको सहभागिता थियो । उक्त कार्यक्रममा एसओएस हर्मन माइनर विद्यालय गण्डकीका निमित्त प्राचार्य चूडामणि सुवेदी र प्रशिक्षक ध्रुवराज थापाले कार्यक्रम सफलताको शुभकामना दिए ।
कार्यक्रममा परिवर्तित पाठ्यक्रम, विशिष्टीकरण तालिका, सिकाई सहजीकरण विधि, मूल्यांकनमा देखिएका समस्याबारे छलफल गरिएको थियो ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया