सांसद ईन्द्रधारा बिष्टको ‘मुस्ताङी नानी’ गीतको छायाँकन धमाधम

समाधान संवाददाता २०७९ जेठ ३० गते १६:१८
फोटो क्याप्सन ः सांसद बिष्टको रचना रहेको गीत उपल्लो मुस्ताङमा छायाँकन हुँदै ।

जोमसोम–गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टको मौलिक रचना रहेको ‘ मुस्ताङी नानी’नामक बोलको गीतको छायाँकन अहिले उपल्लो मुस्ताङको लोमान्थाङमा भैईरहेको छ ।विशुद्ध नेपाली भाषामा तयार पारिएको ‘मुस्ताङी नानी’बोलको गीत सेलो भाकामा रेकडिङ भई छायाँकन गर्ने काम सुरु गरिएको हो ।
सांसद ईन्द्रधारा बिष्ट साहित्य विधामा पनि उक्तिकै रुचि राख्छन् ।उनले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्ष्य गरी दुई वटा गीत युटुवमा अपलोड गरेका थिए ।गण्डकी प्रदेशकै पर्यटन प्रर्वद्धनका लागि सहयोग पू¥याउने उद्देश्यसहित सांसद बिष्टले यसअघि ‘लोमान्थाङमै बसम्’ र ‘हिमालपारी लोमान्थाङ गाउँ’ बोलको गीत तयार गरेका थिए । उनले यी दुबै गीत गृह जिल्ला लोमान्थाङ र मुक्तिनाथ आसपासका क्षेत्रमा छायाँकन गराएका थिए ।तर,सांसद बिष्टले सार्वजनिक गरेको गीत कोरोना कहरका कारण ओझेलमा परेको थियो । चर्चित लोक गायक रामजी खाँड र संगिता थापामगरको स्वर रहेको लोमान्थाङमै बसम बोलको उक्त गीत युटुवमा साँढे ३ लाख जनाले हेरिसकेका छन् भने गायिका जुनु रिजालको स्वर रहेको ‘हिमालपारि लोमान्थाङ गाउँ’ बोलका आधुनिक सोलो गीत युटुवमा २ लाख बढीले हेरिसकेका छन् ।यसअघि उनले तयार गरेका यि दुबै गीतको छायाँकनमा उपल्लो मुस्ताङको सांस्कृतिक भेषभुषा ,रहनसहन र जिवनशैलीलाई झल्काईएको थियो ।
सांसद बिष्टले हालै तयार गरेको ‘मुस्ताङी नानी’बोल गीत ५ मिनेटको छ ।सांसद बिष्टले रचना गरेको गीतमा संगित बिष्णु लामाले गरेका छन् भने स्वर विशु ढोङ लामा दिएका छन् । विशु ढोङ लामालाई कोरश गायिकाहरुले साथ दिएका छन् ।निर्माता निर्माता किमी छयोक्योल गुरुङले गीतको शब्द रचना अनुसार दामोदरकुण्ड,लुरी गुम्बा,,मार्फा फाँट,स्याउ बगैचाहरु र लोमान्थाङ लगायतका क्षेत्रमा छायांकन गर्ने जनाईएको छ । असोज महिनामा स्याउ बगैचामा लटरम्म स्याउ फल्ने भएको र त्यस दृष्य कैंद गर्नुपर्ने भएकाले दशै÷तिहार सम्म गीत सार्वजनिक गर्ने लक्ष्य रहेको सांसद बिष्टले जानकारी दिए ।
सांसद बिष्टको ‘मुस्ताङी नानी’ बोलको गीतमा उपल्लो मुस्ताङीले लगाउने जुत्ता बख्खु र लेंकमा पाईने जिम्बु र चौरीको घीउको वर्णन मायाप्रेमसंग जोडिएको छ ।गीतमा मुस्ताङ जाउ ,जहाँ पुगेर खाउला स्याउ ,जिम्बुको बासनासंगै छुर्पीको स्वादमा मुस्ताङको यादमा निधाउन बिर्सन्छु भन्ने पात्रले कल्पना गरेको चित्रण गरिएको छ ।
गीतमा मायाप्रितीसंगै जोडौला घरबार,लुरी गुम्बा र दामोदरकुण्ड दर्शन गरौला भनी धार्मिक स्थानको परिचय समेत दिएका छन् । मुस्ताङको उवाको अर्गानिक रक्सी र याकको सुकुटी तिमिलाई पाए सुम्पिदिउँला जिवनको ढुकुढुकी ,मराङ गाउँको घार गुम्बालाई साक्षी राखौला ,घुम्दै फिर्दै लोमान्थाङ पुगौला ।
सांसद बिष्टले रचना गरेको तेश्रो गीतमा पनि उपल्लो मुस्ताङको जिवनशैली र भेषाभुषाले पस्किने जनाईएको छ ।

तपाईको प्रतिक्रिया