‘प्रेमी’की श्रीमती कुट्ने राज्यमन्त्री विमला वली पक्राउ

समाधान संवाददाता २०७९ जेठ ३१ गते १२:२४

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज मंगलबार बिहान वाइसियलका नेता तथा प्रेमी एकराज बस्नेतकी श्रीमतीलाई घरमै पुगेर कुटपिट गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

Advertisement

‘तुलसीपुर उपमहानगरपालिका–५ स्थित सब्जिमण्डीको एक घरमा गएर एक महिलालाई हातपात गरेपछि उहाँलाई अहिले हाम्रो नियन्त्रणमा राखेका छौँ,’ ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जनबहादुर स्वरले भने, ‘घटनाबारे बुझिरहेका छौँ ।’

राज्यमन्त्री वली एकाविहानै प्रेमी बस्नेतसँग रङ्गेहात फेला परेपछि स्थानीयले घरभित्रै थुनेको एक स्थानीयले बताएका छन् । लगतै, प्रहरी घटनास्थलमा पुगेको नियन्त्रणमा लिएको छ ।

Advertisement

बस्नेतकी श्रीमतीले राज्यमन्त्री विमलाले आफू र छोरीमाथि कुटपिट गरेको गम्भीर आरोप लगाएकी छन् ।

यसअघि बस्नेत र वलीबीच प्रेम सम्बन्ध रहेको कुरा बाहिर आएको थियो । उनी माओवादी केन्द्रकी नेत्री समेत हुन् ।

तपाईको प्रतिक्रिया