बामपंथी एकताको ढोका खोलौं !!

समाधान संवाददाता २०७९ जेठ ३१ गते १३:५४

आजभोली हरेक चोक चियापसल तथा चौताराहरुमा चर्चा हुने विषय हो बालेन र हर्क सम्पाङ यी स्वतन्त्र उम्मेदवारको !
यी पात्रहरूको नेपाली राजनीतिमा जवर्जस्त प्रबेशर उदय नै हो ! ठुला ठुला राजनीतिक दलका उम्मेदवारहरुलाई पछार्दै उदायका यी पात्रहरुले बाजि मार्नुलाई नेपाली राजनीतिप्रतिको जनताको बुझाई विस्वास वा बितृस्णा बारे अब गम्भीरता पुर्वक समिक्षा गर्नुपर्ने,मनन गर्नुपर्ने र गल्ती कमि कमजोरी सुधार गर्नुपर्ने देखियो ।

लौहपुरुस स्व. गणेशमान सिहंले त्यतिबेलाको निर्वाचन परिणामलाई हेर्दा जनता भेडा हुन् भन्नुभएको थियो तर आज उहाँ रहनुभएको भए सायद नेपालि जनता सचेत बनिसकेका छन् भन्नुहुन्थ्यो होला तर जे होस् यो स्थानीय निर्वाचनले जनता सचेत बनेको उदाहरण पनि प्रस्तुत गरेका छन् र नेपाली राजनीति दलहरुलाई केही पाठ पनि सिकाएकै छन् । सरकार संचालन गर्दै गरेका ठुला-ठुला अझै ५ दलको उम्मेदवार भने दरिलो,बलियो प्रतिपक्षी दलको उम्मेदवार लाई चुनौतीका साथ उभिएर लौरोको साहारामा चुनाव जित्नुलाई सामान्य मान्नु हुँदैन नै । यो नेपाली राजनीतिक दलहरू प्रतिको चुनौती नै हो।

यसबाट दलहरूले आफुलाई सच्याउने मौका र अवसरको रुपमा लिएर फेरि पनि जनतालाई दलहरू प्रतिको विस्वासीलो आधार खडा गरिनु नै पर्छ दलहरू आफ्ना कमि-कमजोरिहरुलाई छलछाम नगरी प्रस्ट रुपमा संच्याउन तयार रहनुनै पर्छ । फेरि पनि जनतालाई विस्वासमा लिएर अगाडी बढ्नुपर्ने देखिन्छ । राजनीति प्रती विशेषगरि युवा पुस्ताको त्यति चिन्ता र चासो देखिएको थिएन तर वालेन,साम्पाङको उदयले भने आजभोली केहि युवाले राजनीति प्रति चासो देखाएको पाउछौं ।

Advertisement

अबको केही महिना भित्र नै संघ र प्रदेशको निर्वाचन हुदैछ । यो निर्वाचनमा दलहरूले भर्खरै सम्पन्न स्थानीय निर्वाचनबाट पाठ सिक्नुपर्ने नै देखिन्छ उम्मेदवार छ्नोट देखि लिएर विगतका राम्रा कामहरूको निरन्तरता तथा गल्ती-कमिकमजोरिहरुको सुधार र जनताका विस्वासलाई धराप नपार्ने गरि योजनाहरु अगाडि बढाउनुपर्ने नै छ । फेरि पनि दलहरूको विकल्प दलहरू नै हो १ राजनीतिकदल हरुको बिकल्प राजनीतिक दलहरु नै हुन स्वतन्त्रहरु दलहरूका बिकल्प हुन सक्दैनन् हुनु हुदैन पनि तर दलहरु भने जरुर सच्चिनुपर्ने नै हुन्छ ।

संघ र प्रदेशको चुनाब नजिकिदै छ भने एकातिर सरकारी हाल कायम पाँच दलिय गठबन्धनको गाँठो कस्न लागिपरेका छन् सरकारबादिहरु १ अर्कोतिर मुलुकको संकट समाधान गर्ने भन्दै बामपंथी एकताको चर्चा पनि चलिरहेकै छ । बहुदलीय व्यबस्थामा राजनीतिक दलहरूले आफ्ना आफ्ना एजेण्डाहरु,बिचारहरु,आगामी कार्यक्रम लक्ष्य र उदेश्य सहित जनतामा जाने र दलहरु बिच स्वच्छ प्रतिस्पर्धा गर्ने । जनताहरु त्रास रहित वातावरणमा आफुलाई मन परेको ,इच्छा लागेको दलहरूको बिचार प्रती,एजेण्डाप्रती समर्थन जनाउने मत जाहेर गर्नुपर्ने हो ।

Advertisement

तर सत्तामा टांसिरहनुपर्ने प्रवृत्तिका कारण यहाँ गठबन्धन गरेर चुनाव लड्ने गरेको हामिले देखिरहेका छौं। नीति,विधि,बिचार र सिद्धान्त प्राथमिकतामा पर्दैन । जनताका भावना र विस्वास प्राथमिकतामा पर्दैन , प्राथमिकतामा पर्छ त केवल सत्ता ,सत्ता !
विस्वको इतिहासलाई हेर्ने हो भने बिचार मिल्नेहरुसंगको कार्यगत एकता, सरकार संचालनलाई राम्रो नै मान्ने गरिन्छ यहाँ त सिद्धान्त र बिचार कहिल्यै नमिल्नेहरुसंगको गाँठो झन कसिलो बन्दै गईरहेको छ । यो बिचारको होइन मात्रै सत्ताको स्वार्थ हो भन्ने कुरा बुझ्न अब बेर नमानौ ।

त्यसैले आगामी निर्वाचनमा नयाँ हर्कहरुको,बालेनहरुको जन्माउन नलागौ राजनीतिक दलहरूलाई विस्वास गर्ने वातावरणको सृजना गरौं, बिचार, आस्था, आन्दोलन,लक्ष्य,उदेश्य मिल्नेहरु संग को एकताको वातावरण सृजना गरौं सके सबै ७७ वटै जिल्लामा एकताको आधार तयार गरौं नसके मिल्न सकिने स्थानहरुमा जनताको भावनाको कदर गरि अगाडी बढौं । ईष्र्या,क्रोध,रिस र आवेगले देश बन्दैन सबैले जित्ने जनताले जित्ने वातावरणको निर्माण गरौ,फेरि पनि गल्ती कमि कमजोरीहरुको समिक्षा गरौं,दीर्घकालीन योजना र देशमा हाल देखिएको कालो बादललाई चिर्ने र संभावित संकट समाधान गर्ने तर्फ लागौं ।

जनतालाई आशा जगाऔं, रास्ट्रमा बिदेशीका दलालहरुको बुट बजार्न सक्ने संभावित घटनालाई बुझौं । विन विन पोलिसिको निर्माण गरौं जनता कम्युनिस्टहरुको साथमा छन्, मत दिन तयार छन् , हिजो भए गरेका त्रुटिहरु,कमिकमजोरिहरुबाट पाठ सिकौं र बामपंथी एकताको वातावरण सृजना गरौं । देश जोगाउन लागौं ! राजनीतिलाई राजनीति जस्तो बनाऔं । कम्युनिस्ट आन्दोलनको रक्षा गरौं । फुटमा भन्दा जुटमा नै कम्युनिस्ट आन्दोलन सफल हुने नै छ । बाम एकता गरौं । विकास र समृद्धिको अभियानलाई अगाडि बढाऔं ।

कम्युनिस्ट आन्दोलनलाई नयाँ दृढ संकल्पका साथ थप उचाईमा पुर्याउन लागौं । देश दुख्दा पुजीवादीहरुलाई भन्दा कम्युनिस्टहरुको नै छाती पोल्नुपर्छ ,पोल्छ नै ! त्यसैले देशको भलोको निम्ति पनि कम्युनिस्ट एकताको ढोका खोलौं नेपाली जनता, कम्युनिस्ट एकताको पर्खाईमा बसिरहेका छन् १ जनताको भावनाको कदर गरौं मतको हिसाब नै गर्ने हो भने यो मुलुकमा कम्युनिस्ट पक्षमा, बामपंथीहरुको पक्षमा धेरै मत प्राप्त नै छ ! विश्व कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट लैजान बिस्वका कम्युनिस्टहरुलाई एकतामा रहनपर्छ भन्ने सन्देश दिन लागौं बामएकता गरौं !
हार्दिक अभिवादन !!

तपाईको प्रतिक्रिया