टिभी बजारमा पहिलो बन्ने एलजीको लक्ष्य

समाधान संवाददाता २०७९ असार १ गते १२:२५

काठमाडौं ।
दक्षिण कोरियाली उपभोक्ता इलेक्ट्रोनिक्स प्रमुख एलजीले २०२२ मा भारतीय टिभी बजारको ३२ प्रतिशत हिस्सा लिने लक्ष्य राखेको छ । जसमा करिब ५ प्रतिशतको लाभले यस सेग्मेन्टमा नम्बर एक खेलाडी बन्ने उद्देश्य छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय दृष्यको अनुभव प्रदान गर्ने टिभी क्षेत्रमा अग्रणी बन्ने उद्देश्य राखेकाले लोकल इन्साइटका साथै रिटेल र बिक्री पछिको सञ्जाल विस्तार गदै अघि बढ्ने योजना राखेको छ ।

एलजी इलेक्ट्रोनिक्स इन्डिया निर्देशक, होम इन्टरटेन्मेन्ट हाक ह्युन किमले जानकारी दिए । एलजी नेपालले पनि स्थानीय बजारमा आफ्नो स्थिति बलियो बनाउने प्रयास गरिरहेको बेला यो विज्ञप्ति आएको छ । ‘हाम्रो आकांक्षा नम्बर एक टिभी ब्रान्ड बन्ने हो । हामी २०२२ बाट बाहिरिँदा करिब ३२ प्रतिशत बजार हिस्सा हामीसँग हुनेछ,’ ह्युम किमले भने, ‘भारतीय टिभी बजार ४.६ बिलियन डलर भएको अनुमान गरिएको छ र यहाँ दक्षिण कोरियाली फर्मको २०२१ मा लगभग २७ प्रतिशत बजार हिस्सा थियो ।’

भारतीय उपभोक्ता जस्तै नेपालका एलजी प्रशंसकहरु प्नि ब्राइटर प्यानेल र लाउड साउन्ड बेस मन पराउने किमको दाबी छ । एलजी इलेक्ट्रोनिक्स इन्डियाले ७० इन्च वा माथिका स्क्रिन साइजहरुको प्रिमियम टिभी सेटहरुको रेन्जमा आफ्नो बजार नेतृत्व कायम राख्ने आशा लिएको छ । ‘कम्पनीले एस्क्ट्रा लार्ज सेग्मेन्टमा अत्यधिक वृद्धि भइरहेको महसुस गरिरहेको छ ।,’ किमले भने, ‘यो बजारको ५ देखि ६ प्रतिशत मात्र हो तर यो तीव्र रुपमा बढिरहेको छ । कोभिड–१९ महामारी पछि उपभोक्ताहरुको टिभी हेर्ने बानीमा परिवर्तन आएको छ ।

Advertisement

मानिसहरु अब अल्ट्रा–ठूला स्क्रिनहरुको साथ घरमा सिनेमाको अनुभव लिन चाहन्छन् र कम्पनीले ती व्यावहारिक परिवर्तनहरु देखिरहेका छन् ।’ यस सेग्मेन्टमा विशिष्ट प्रविधिका साथ आफूहरु नम्बर एक हुन चाहेको किमले बताए । ‘हामी उपभोक्ताहरुलाई भिन्न किसिमको गुणस्तरीय डिस्प्ले र भिविङ अनुभव प्रदान गर्न चाहन्छौं,’ किमले भने, ‘नेपालको टिभी उद्योगले स्मार्ट फिचर सहितको ठूला स्क्रिन साइज सेटतर्फ परिवर्तन भइरहेको बुझेको छ । अब उपभोक्ताका लागि ४२ इन्चको स्क्रिन साइज पहिलो रोजाइमा रहन थालेको छ ।’

किमका अनुसार अहिले भारतीय बजारमा फोर के टिभीको ठूलो हिस्सा छ, जसमा एलजी नम्बर वान स्थानमा पहिल्यैदेखि रहिरकेको छ । पछिल्लो वर्ष ४५ प्रतिशत विक्री भएको टिभी प्यानेलहरु फोर के टिभी थियो र यस वर्ष कम्पनीले ५५ प्रतिशत हुने अपेक्षा गरेको छ । ‘यो सेग्मेन्ट छिटो बढिरहेको छ र एलजी पनि यसमा विशेष ध्यान दिइरहेको छ,’ किमले थपे । यस सेग्मेन्टमा अग्रणी हुने एलजीको महत्वाकांक्षाको बारेमा प्रश्न गर्दा किमले कम्पनीको उत्पादन लाइन, यसको वितरक र डिलरहरुको फराकिलो नेटवर्क र विक्रीपछिको सेवा जस्ता विभिन्न कुराहरुलाई ध्यानमा राखेर यो लक्ष्य सिर्जना गरिएको बताए ।

Advertisement

‘यो प्रयासहरुको मिश्रण हुनेछ, जुन मार्केटिङ, बिक्री, उत्पादन र अन्य रणनीतिहरुबाट आउँदछ । यो लक्ष्य प्राप्त गर्न हामी सक्षम छौं,’ किमले भने ।

तपाईको प्रतिक्रिया