सांसद तुलाचनको उपस्थितीमा पोखरा–जोमसोम हवाई सुरक्षा सम्वन्धि बैठक सम्पन्न

समाधान संवाददाता २०७९ असार १ गते १५:४६

जोमसोम–गत जेठ १५ गते पोखरा–जोमसोम हवाई उडानका क्रममा तारा एअरको जहाज दुर्घटना भएको र त्यसपछि उत्पन्न परिस्थिती ,घटनाको समिक्षा र दुर्घटना न्यूनिकरण गर्न लागु भएका थप निर्देशनहरुको बिषयमा पोखरा नागरिक उड्यन कार्यालयमा बैठक बसी बृहत छलफल गरिएको छ ।बैठकमा जहाज दुर्घटना न्यूनिकरण गर्ने सम्वन्धि पछिल्लो भईरहेको प्रगती र पहलको बिषयमा सरोकारवाहरुलाई जानकारी गराईएको छ ।
संघीय प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनको विशेष उपस्थितीमा पोखरा नागरिक उड्यन कार्यालयका निर्देशक बिक्रम राज गौतम,प्रवन्धक जसोदा सुवेदी,अनुप जोशी,ईमानाथ अधिकारी,प्रभु हेलीका स्टेशन मेनेजर सुजन जोशी,एअर डाईनोष्टिकका बिर बिक्रम राणा,तारा एअरका राम लामिछाने,सिम्रिक एअरका स्टेशन ईञ्चार्ज राजेन्द्र भण्डारी र समिट एअरका सन्तोष भण्डारी लगायतको टोलीले पोखरा–जोमसोम हवाई दुर्घटना न्यूनिकरण सम्वन्धि छलफलमा सहभागीता जनाए ।
पोखरा नागरिक उड्यन कार्यालयमा तारा एअरको जहाज दुर्घटना भएको १५ दिनपछि सरोकारवाला निकायबीच बृहत छलफल गरिएको हो । सो बैठकले ५ बुँदे छलफल तथा निर्णय गरेको पोखरा नागरिक उड्यन कार्यालयले जनाएको छ ।बैठकमा पोखरा विमान स्थलका प्रमुख बिक्रम राज गौतमले ‘च्यालेञ्ज अफ एअर स्टाफ अपरेसन ईन नेपाल’ बिषयमा प्रस्तुतीकरण गरे । प्रस्तुतीकरणमा विमानस्थल प्रमुख गौतमले नेपाल र पोखरा–जोमसोम खण्डको भौगोलिक बनावट ,मौसमी अवस्था र यसको महत्वलाई आत्मसाथ गर्दै भिएफआर कन्डिसन र सीएफआईटी ( भूभाग नियन्त्रित उडान) दुर्घटनाहरु किन र कसरी हुने गर्छन भन्ने बिषयमा प्रकास पारे ।उनले हालसम्म भए गरेका दुर्घटनाहरुको तथ्यांंकहरुको समिक्षा र विश्लेषण ,तालिम र प्राविधिक बिषयहरु संञ्चार र समन्वयका बारेमा सरोकारवाला निकाय समक्ष प्रस्तुत गरे ।
नेपाल नागरिक उड्यन प्राधिकरणले जारी गरेको बिज्ञप्ती ,भिएफआर उडानको सुरक्षा अभिवृद्धि सम्वन्धी प्राधिकरणको प्रधान कार्यालयको पत्र र जेठ २ गतेको इनोरोएट वयदर सम्वन्धि प्राप्त र पोखरा विमानस्थल प्रमुखको संयोजकत्वमा पोखरा कार्यालयमा कार्यरत कर्मचारीबीचको छलफल र निर्णयहरु जानकारी गराईएको थियो ।
छलफलमा संघीय सांसद प्रेमप्रसाद तुलाचनले जेठ १५ गते भएको तारा एअर जहाज दुर्घटनाको खोजी कार्य ,उद्दार र त्यसबीचमा भईरहेका प्रयासका बारेमा बैठकलाई जानकारी गराईएको थियो ।बैठकमा सांसद तुलाचनले पोखरा–जोमसोम हवाई मार्गमा बढी मात्रा दुर्घटना हुने गरेको र यसप्रकारका दुर्घटना न्यूनिकरण गर्न आफुले सक्दो सहयोग गर्ने बताए ।सांसद तुलाचनले जेठ २२ गते संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई पोखरा–जोमसोम हवाई मार्गको म्याग्दीको घोरेपानीदेखि लेते खण्डसम्म उडाई उडान जोखिम र संवेदनशील रहेकाले त्यस स्थानमा मेटोरोजिकल स्टेशन र विमानस्थलसंग अविछिन्न सम्पर्क नछुट्ने सुनिश्चितता गर्न भिएचएफ रिपिटर स्टेशन स्थापनाा गर्न पत्राचार गरेको बैठकलाई जानकारी गराईएको थियो ।
बैठकमा उडानका हिसावले निकै संवेदनशील रहेको पोखरा –जोमसोम हवाई मार्गको घोरेपानी देखि टुकुचे क्षेत्रमा जनशक्ति खटाई दैनिक मौसमी अपडेट पोखरा र जोमसोम नागरिक उड्यन कार्यालयलाई गराउन सकिने र पोखरा–जोमसोम हवाई मार्गको उडान सुरक्षित गर्न सकिने जल तथा मौसम विज्ञान विभागले दिएको सुझाव समेत बैठकमा छलफल गरिएको थियो ।

तपाईको प्रतिक्रिया