न्यु ग्यालेक्सीमा बास्केटबल प्रतियोगिता

समाधान संवाददाता २०७९ असार ३ गते ११:४९

पोखरा ।
न्यू ग्यालेक्सी स्कुल नदिपुर पोखराले आयोजना गरेको एसइई छात्रछात्रा बास्केटबल प्रतियोगिता सुरु भएको छ । पोखरा ३ का वडाध्यक्ष प्रकाशमान उदासले प्रतियोगिता उद्घाटन गरे । वडाध्यक्ष उदासले शैक्षिक उत्कृष्टताका अलावा न्यु ग्यालेक्सीले खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा हासिल गरेको उपलब्धिसमेत लोभलाग्दो भएको बताए ।

विद्यालयका प्रिन्सिपल डा. रामजी शर्माले विगत ५ वर्षदेखि नै यस्ता कार्यक्रम सञ्चालन विशेषत एसइइ दिएर बसेका विद्यार्थीको समयलाई सृजनात्मक र सकारात्मक बनाउन आयोजना गर्दै आएको जनाए । खेल प्रतिभाको विकासमा सानै उमेरबाट टेवा पुगी राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग गर्न यस्ता प्रतियोगिता उपयोगी हुने उनको भनाइ छ ।

लिगकम नकआउट प्रणालीबाट खेलाइने प्रतियोगितामा १२ टिम सहभागी रहेको खेल संयोजक क्याप्टेन वीरबहादुर गुरुङले जानकारी दिए । समारोहमा नवनिर्वाचित वडाध्यक्ष उदास, सदस्यहरु सनकमान सिके, सबी परियार, नवीन आलेमगर र शान्ति पराजुली र ज्ञानमार्ग स्वतन्त्र महिला समूहका अध्यक्ष लक्ष्मी ताम्राकारलाई सम्मान गरिएको थियो ।

Advertisement

लक्ष्मीमाया कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अनुराग अधिकारीले पनि बोलेका थिए । कार्यक्रममा कक्षा ११ मा विज्ञान तथा होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीले नृत्य प्रस्तुत गरे ।

Advertisement

तपाईको प्रतिक्रिया