अमरसिंह चोकमा ‘हट एन्ड स्पाइसी’को शाखा

पोखरा ।
‘स्वाद र स्वास्थ्य’ नारासहित सेवा प्रदान गर्दै आएको हट एन्ड स्पाइसीले आफ्नो नयाँ शाखा अमरसिंहमा विस्तार गरेको छ । पोखरा महानरपालिका १० अमरसिंहचोकस्थित मेगा बैंकसँगै हट एण्ड स्पाइसीले मायाज कस्टम केकसहित रेस्टुरेन्ट बुधाबार देखि सञ्चालनमा ल्याएको हो ।
उक्त रेष्टुरेण्टको उद्घाटन नवनिर्वाचित पोखरा १० का वडाध्यक्ष राजेश गुरुङले गरे । सो अवसरमा बोल्दै गुरुङले सफलताको शुभकामना व्यक्त गरे । विभिन्न ठाउँमा शाखाहरु विस्तार गर्नु आफैमा प्ररणादायी कार्य रहेको वडाध्यक्ष गुरुङले धारणा राखे ।
‘यो त उदाहारणीय काम हो । सरकारले गर्न नसकेको काम तपाइहरुले गर्नुभएको छ,’ उनले भने, ‘२ सय भन्दा बढि कर्मचारीलाई रोजगार दिनुभएको छ । यतिमात्र नभई प्रशिक्षणको व्यवस्था पनि रहेछ जसले आत्मनिर्भर बन्न सघाउ पुग्छ ।’
वडाध्यक्ष गुरुङले युवाहरुलाई दक्ष र आत्मनिर्भर बनाउने काममा हट एण्ड स्पाइसीले योगदान दिएको भन्दै प्रशंसा गरेका थिए । हट एन्ड स्पाइसीले आफ्नो शाखाहरुलाई वर्गीकरण गरेको बताउदै पोखरामा ४ वटा क वर्गका शाखा रहेको सञ्चालक ज्ञान गुरुङले बताए । उनका अनुसार सेवाकेन्द्र क वर्गका शाखाहरु सहित पोखरामा एक दर्जन शाखाहरु छन् । उनले पोखराको बगर, नदीपुर, ड्यामसाइड, अमरसिंह लगायतको स्थानबाट सेवा प्रदान गर्दै आएको बताउदै भने, ‘हामीले अनलाइनमार्फत पनि खाजाका परिकारहरु डेलिभरी गर्छाै । बगको क्षेत्रबाट आयो भने बगरबाट सप्लाई हुन्छ । यस्तै जुन ठाउँबाट नजिक पर्छ त्यही आसपासको शाखाबाट खाजा उपलब्ध गर्दै आएका छौं ।’
उनले अमरसिंह क्षेत्रको ग्राहकलाई मध्यनगर गर्दै नयाँ शाखा सञ्चालनमा ल्याएको बताए । उनका अनुसार स्पाइसीले सन् २०१२ देखि सेवा सञ्चालन गरेको थियो । एक दशकसम्म सेवा प्रवाह गरेको यस रेस्टुरेन्टको शाखा गण्डकी प्रदेशका अधिकांश जिल्लाहरुमा विस्तार भैसकेको व्यवस्थापक सन्देश गुरुङले जानकारी दिए । उनका अनुसार सो कम्पनीमा करिब २ सय बढि कर्मचारी छन् ।
पाइँदैन धुम्रपान र मध्यपानजन्य पदार्थ
स्वाद र स्वास्थ्य’ भन्ने नारासहित सञ्चालनमा रहेको हट एन्ड स्पाइसी रेटुरेस्टमा मध्यपान जन्य र धुम्रपानजन्य पदार्थको बिक्री नगरिने सञ्चालक ज्ञान गुरुङले बताए । उनले ग्राहकको स्वास्थ्यलाई मध्यनजर गरी मध्यपान र धुम्रपान बिक्रीमा प्रतिबन्ध लगाएको प्रष्ट पारे । ‘हाम्रो लक्ष्य नै स्वाद र स्वास्थ्य हो । उनले भने, ‘त्यसैले ग्राहकको स्वास्थ्यलाई ख्याल गर्दै हानिकार चिजबस्तुहरु बिक्री गर्दैनौं । मध्यपान र धुम्रपानको सेवाबाट हामी विल्कुल टाढा छौं ।’ उनले हट एन्ड स्पाइसीमा स्वास्थ्यबद्र्धक खाजाहरु प्रदान गर्दै आएकै कारण फरक पहिचान बनेको धारणा राखेका थिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया