बेगनासताल–तालबेसी सडक मर्मत गर्न १० लाख

पोखरा ।
बेगनासताल–भोर्लेटार सडक अन्तर्गत बेगनासताल–तालबेसी खण्डको मर्मतका लागि १० लाख बजेट विनियोजन गरिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् सडक मर्मतका लागि १० लाख विनियोजन गरिएको उपभोक्ता समिति अध्यक्ष दामोदरभक्त थापाले बताए ।
‘प्रदेश सभामा अर्थ विकास समिति सभापति दीपक कोइरालाको पहलमा मन्त्रालयबाट बजेट विनियोजन गरिएको हो,’ उनले भने, ‘उक्त बजेटले वर्षाको समयलाई मध्यनजर गर्दै तत्काल सडकका नाला, ह्युप पाइप खोल्ने, खाल्डाखुल्डी सोलिङ गरेर ढलान गर्ने र ग्राभेल गरिनेछ ।’ असार मसान्तसम्म काम सकने गरी बिहीबारबाट निर्माण सुरु गरिएको उनले जानकारी दिए ।
स्थानीयले बेगनासताल–तालवेसी खण्डको सडक मर्मतका लागि महानगरदेखि मन्त्रालयसम्म ध्यानाकर्षण गराएका थिए । कतैबाट समस्याको सुनुवाइ नभएपछि गत जेठ ३० गते स्थानीयले दबाबमूलक सांकेतिक सडक बन्द गरेका थिए । उक्त सडक हुँदै लमजुङ भोर्लेटार जोड्ने सडकमा दैनिक ५/७ सय गाडी आउजाउ गर्छन् । तालबेसीदेखि भोर्लेटारसम्मको सडक प्रदेश सरकारले स्तरोन्नति गरे पनि उक्त सडकखण्ड स्तरोन्नति हुन सकेको थिएन । सडक जीर्ण हुँदा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया