सिद्धार्थ क्लबमा नयाँ समिति

पोखरा ।
सिद्धार्थ क्लबको अध्यक्षमा प्रमोदनारायण श्रेष्ठ अध्यक्ष चुनिएका छन् । क्लबको साधारणसभा तथा अधिवेशनबाट इन्दिरा मर्सानी श्रेष्ठ प्रथम उपाध्यक्ष, ओमनाथ अधिकारी द्वितीय उपाध्यक्ष, विनोदप्रसाद श्रेष्ठ निर्देशक, रवि मर्सानी सचिव, देवेन्द्र पराजुली कोषाध्यक्ष, नवराज कुमार गोठाजु सहसचिव निर्वाचित भएका छन् ।
योजना मर्सानी, विकास श्रेष्ठ, प्रदीपकुमार मुल्मी र सुनील श्रेष्ठ सदस्य निर्वाचित भएका छन् । कार्यक्रममा सल्लाहकार समिति संयोजक सुमनकुमार श्रेष्ठ, पूर्व अध्यक्ष राम श्रेष्ठ र आजीवन सदस्य शाल्भी बास्तोला मर्सानीले संस्थाको गरिमालाई कायम गर्दै सामुदायिक रुपान्तरणका कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
सभाले वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा परीक्षक नियुक्ति लगायतका विषयमाथि छलफल गर्नुका साथै प्रस्तावहरु अनुमोदन गरेको छ । क्लबका अध्यक्ष तीर्थ श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा तथा पूर्व अध्यक्ष दिलीपकुमार श्रेष्ठ, सहसचिव नवराजकुमार गोठाजु र द्वितीय उपाध्यक्ष विजया श्रेष्ठले पनि बोलेका थिए ।








इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया