बागमतीलाई २–० गोलले हराउँदै खुमलटार अन्तिम चारमा

समाधान संवाददाता २०७९ असार ६ गते १७:४५

पोखरा ।
बागमती युथ क्लबलाई २–० गोलले हराउँदै खुमलटार युथ क्लब पोखरामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । विरगंगलाई हराउँदै आयोजक हेमजा युनाइटेड क्लब छैटौं नेपाल आइस शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा २५ हेमजा स्थित गौरीशंकर खेल मैदानमा सोमबार भएको खेलमा बागमतीमाथि सानदार जित निकालेको हो । खेलको दोस्रो मिनेटमा नै खुमलटारले अग्रता लियो । खुमलटारले पाएको फ्रिकिकको सदुपयोग गरेको हो । उक्त फ्रिकिकबाट आएको बललाई नियन्त्रणमा लिदैँ आसिष श्रेष्ठले उत्कृष्ट गोल गरे । सुरुवातमै गोल खान पुगेको बागमतीले खेलमा फर्किने प्रयास गरेपनि सफल भने रहेन । खुमलटारले २८ औ मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर बनायो ।

प्रसान्त अवस्तीले दिएको पासमा आसिषले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमै २–० गोलले पछि परेको बागमतीले दोस्रो हाफमा निकै आक्रमक खेल खेलेपनि नतिजा निकाल्न भने सकेन । बल पोजिसनमा आफ्नो बर्चस्व देखाएको बागमतीले पाएको अवसरहरुलाई जालीको दिशा दिन नसक्दा हार व्यहोर्न बाध्य भएको हो । खेलको १० औं मिनेटमा नै बागमतीले बराबरीको अवसर खेर फाल्यो । सुमन चाम्लिङको उत्कृष्ट पासमा अमित थापा मगर बलसम्म पुग्नै सकेनन् ।

Advertisement

अमितले डिएरिभित्र खाली ठाउँमा पास मिलाइदिएका थिए । ५५ औं मिनेटमा अमितको हेडर प्रहारमा खुमलटारका गोलरक्षक एन्जल श्रेष्ठ बाधक बने ।

बागमती राम्रो टिम हो: प्रशिक्षक विष्णु गुरुङ खुमलटार
खुमलटारका प्रशिक्षक विष्णु गुरुङले विपक्षी टोलीको प्रशंसा गर्दै टिम निकै राम्रो भएको प्रतिक्रिया दिए । उनले आफुहरुले पाएको अवसरको सदुपयोग गर्दा जित हासिल गरेको सुनाए । ‘बाममती नराम्रो टिम होइन् । हामीले सुरुवातमै नतिजा निकाल्दा डिफेन्सलाई ध्यान दियौँ । उ अर्गनाइज टिम हो । पहिलो हाफमा नै हामीले २ गोलको स्कोर निकालेपछि काउन्टरको खोजिमा रह्यौँ’ उनले भने,‘हामी हाम्रो योजना अनुसार नै खेल्यौ दोस्रो हाफमा हामीलाई दबाब धेरै भयो ।

Advertisement

अब सेमिफाइनल खेलमा हामीत्यसलाई सुधार गरेर लैजान्छौँ ।’ खुमलटारका आसिष सोनाम खेलको म्यान अफ दि म्याच घोषित भए । खुमलटारले फाइन प्रवेशका लागि आयोजक हेम्जा युनाइटेड संग खेल्दै छ । प्रशिक्षक गुरुङले आफुहरुको टिममा केहि नयाँ खेलाडी समेत आउने जानकारी दिए ।

जति राम्रो खेलेपनि जितका लागि नतिजा चाहिन्छ: रोजित केसी प्रशिक्षक बागमती
बागमती प्रदेशका प्रशिक्षक रोजित केसीले जितका लागि नतिजा नै महत्वपूर्ण रहेको प्रतिक्रिया दिए । उनले आफुहरुको ५ जना नियमित खेलाडीको अभाव टिममा खडकिएको बताए । खेल प्रदर्सनबाट आफु निकै सन्तुष्टि रहेको बताए । उनले मोफसलले गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगिताले खेलाडीहरुलाई राहत मिलदै आएको समेत बताए । हेम्जाको आयोेजनामा पहिलो पटक भएको गोल्डकपमा सहभागिता जनाउन पाउँदा निकै खुसी लागेको उनले सुनाए ।

मोफसले ठुलो लगानीको फुटबल प्रतियोगिता गर्दै आइरहँदा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहयोग नगरेको गुनासो समेत पोखेँ । ‘हामीले पनि मोफसलमा प्रतियोगिता गर्दै आइरहेका छौँ । तर, एन्फाले कहिल्यै पनि सहयोग गरेन् । यो एक ठाउँको मात्रै होइन् देशभरको मोफसलको समस्या हो’ उनले भने ।

तपाईको प्रतिक्रिया