अर्थमन्त्रीलाई स्याक गर्नुपर्छः मन्त्री मनाङे

पोखरा ।
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’लाई पदबाट हटाउनुपर्ने बताएका छन् । उनले सोमबार पोखरामा आयोजित एक कार्यक्रममा बराललाई हटाउनुपर्ने बताएका हुन् ।
अर्थमन्त्रीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम आगामी आर्थिक वर्षको बजेटबाट हटाएका थिए । ‘अर्थमन्त्रीलाई पदबाट हटाउनुपर्छ । कसले के भन्छ, कुर्नुहुँदैन यस्तो मन्त्रीलाई स्याक गर्ने हो । हामीले बनाएको मन्त्रीले हामीलाई बेबकुफ बनायो ।’
मन्त्री मनाङेले अर्थमन्त्रीले बढी ढाँटेकाले, गफ दिएको जिकिर गरे । ‘भ्याट र कर केही लाग्दैन । अर्थमन्त्री एकदम हावा रहेछ ।
यस्तो मान्छेलाई अर्थमन्त्री बनाएर बजेट कार्यान्वयन हुँदैन । अर्थमन्त्री त धेरै कुरा जानेको हुनुपर्छ । अर्थशास्त्र पढेको हुनुपर्छ । अरु मन्त्रालयमा जस्तो भए पनि अर्थमन्त्री त विज्ञ हुनुपर्यो नि,’ उनले भने । माओवादीमा अरु सांसद विज्ञ भएकाले उनीहरुलाई अर्थमन्त्री बताउनुपर्ने मनाङेले तर्क गरे । ‘माओवादीमा छ राम्रो राम्रो मान्छे । त्यो दीपक कोइराला भन्ने छ ।
अरु एक, दुई जना पनि छ । यिनीहरुलाई नियुक्त गरे भयो नि,’ उनले भने । एमालेको सहयोगमा अर्थमन्त्रीले चुनाव जितेको उल्लेख गर्दै अहिले मन्त्रालयमा मनलाग्दी गरेको बताए । ‘एक्लै लड्यो भने माओवादीले हाम्रो मनाङका वडामा पनि चुनाव जित्दैन । यसले त अर्थ मन्त्रालयले नै बिगार्यो ।’









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया