नेपाली भाषा शिक्षकहरुका लागि प्रबोधीकरण

पोखरा ।
नेपाली भाषा शिक्षक परिषद कास्कीको आयोजनामा पोखरामा एक दिने प्रबोधीकरण कार्यक्रम सम्पन्न भएको छ । परिवर्तित पाठ्यक्रम तथा पाठयपुस्तक सम्बन्धी प्रवो भीकरण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रकी नेपाली विषय विज्ञ पाठ्यक्रम अधिकृत इन्दु खनालले कक्षा ९ र कक्षा ७ को हालै परिवर्तित नेपाली विषयको पाठ्यक्रमवारे सहजीकरणा गरेकी थिइन् ।
परिषदका अध्यक्ष डिल्लीराम अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले पाठ्यक्रमलाई आधार मानेर अध्यापन गर्न आग्रह गर्दै शिक्षक निर्देशिका विशिष्टिकरण तालिकार पाठ्य घण्टाको सही प्रयोगले नै सिकाई उपलब्धि हाँसिल गर्न सकिने बताए ।
कार्यक्रममा परिषद्का सल्लाहकारहरु सहप्राध्यापक पुण्य प्रसाद शर्मा, ग्लोबल कलिजियटका प्राचार्य बाबुराम पन्त, परिषद्का पूर्व अध्यक्षहरु लोकचन्द्र खनाल, डोलराज अर्याल, सल्लाहकार दिनेश सापकोटा लगायतले शुमकामना मन्तव्य राखेका थिए ।परिषदका सचिव सूर्य प्रसाद लम्सालले सञ्चालन तथा उपाध्यक्ष विक्रमपौडेल ले स्वागत गरेको उक्त कार्यक्रममा २०० बढी भाषा शिक्षकको सहभागिता रहेको कार्यक्रम संयोजक शिबहरि सुवेदीले जानकारी दिए ।







केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया