
तनहुँ ।
तनहुँको व्यास नगरपालिका १० स्थित दुम्सीचौरमा २५ शय्याको कोभिड अस्पताल निर्माण कार्य सुरु गरिएको छ । नगरपालिकाको रु एक करोड ५४ लाख लागतमा अस्पताल भवन निर्माण गर्न लागिएको हो । बोलपत्रपश्चात् आधारभूत स्वास्थ्य केन्द्र भवन नजिकै रहेको करिब दुई रोपनी सार्वजनिक जग्गामा अस्पताल निर्माण कार्य अघि बढाइएको नगरपालिकाले जनाएको छ ।
विसं २०७८ माघ १० गते सम्झौता गरे पनि निर्माण कार्य भर्खरै सुरु गरिएको हो । उक्त निर्माण कम्पनीले उक्त अस्पताल आठ महिनामा सक्ने गरी सम्झौता गरिए पनि निर्माण व्यवसायीको लापर्बाहीका कारण ढिलाइ हुन गएको व्यासका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । काम नगरी आलटाल गर्दै आएकाले कालोसूचीमा राख्ने बताएपछि बल्ल काम सुरु गरेको उनले बताए ।
दमौली अस्पताललाई प्रदेशस्तरीय अस्पताल बनाइएकाले उक्त अस्पताललाई नगरस्तरीय अस्पतालको रुपमा निर्माण गर्न लागिएको व्यासनगर कोभिड अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए । भवनको पिल्लर उठाएर नयाँ प्रविधिको फाउण्डेशसन फाइवर जिव्सनको छाना राखेर बनाइने उनले बताए । कोभिड अस्पताल निर्माणपछि कोभिडका बिरामीलाई राखेर उपचार गर्न सहज हुने विश्वास गरिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।








सम्पादकीय—समानुपातिक प्रणालीको हुर्मत
इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया