स्थानीय तह

ठिनी थकाली संग्रालयमा घरपझोङको पहिलो गाउँ सभा अधिवेशन ( तस्विर सहित )

हामीमा अवसर र चुनौतीहरु छन्,‘ अध्यक्ष लालचनले भने ,‘अब नमूना गाउँपालिका बनाउने अभिभारा हाम्रो काँधमा आएको छ

सुन्दरकुमार थकाली २०७९ असार ८ गते १७:२७

जोमसोम–मुस्ताङको घरपझोङ गाउँपालिकाले ऐतिहाँसिक तथा धार्मिक स्थल ठिनी गाउँको थकाली संग्रालय भवनमा बुधबार आफ्नो पहिलो गाउँ सभा अधिवेशन गरेको छ ।स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित भई आएका नयाँ जनप्रतिनिधिबाट पहिलो गाउँ सभा अधिवेशन गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।
घरपझोङ गाउँपालिकाद्धारा आयोजित प्रथम गाउँ सभा अधिवेशनको गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले गाउँ सभाको व्यानर वाचन गरी उद्घाटन गरे । २ दिनसम्म चल्ने घरपझोङ गाउँपालिकाको अधिवेशले गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित गरी सार्वजनिक गर्ने कार्ययोजना रहेको जनाईएको छ ।

प्रमुख अतिथि गण्डकी प्रदेश सांसद महेन्द्रबहादुर थकालीले स्थानीय तहको दोश्रो कार्यकालमा घरपझोङ गापाले पूर्वाधार निर्माण भन्दा उत्पादन र उत्पादकत्त केन्द्रित बजेट ल्याउन सुझाव पेश गरे ।बर्सेनि कालिगण्डकी नदी कटानले तटीय क्षेत्रका बस्ती जोखिममा पर्ने गरेको उल्लेख गर्दै सांसद थकाली जोखिमयुक्त क्षेत्रमा नदी नियन्त्रण तटबन्ध निर्माण गर्न बास्केट फन्ट राख्नु पर्ने बताए । गाउँपालिका कस्तो हुने,कस्ता योजनालाई समेट्ने र स्थानीय तहको समृद्धि र विकासमा कस्तो मोडल बनाउने भन्नेमा गुरुयोजना निर्माण हुन सकेमा यस्ले पालिकाको बृहत्तर विकास गर्न सहज हुने सांसद थकालीको भनाई छ ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले निर्वाचनको बेला भएका पार्टीगत मतमतान्तर बिर्सिएर अब शिङ्गो गाउँपालिकाको विकासमा लाग्नु पर्ने बेला आएको बताए । गाउँपालिकामा सबै रंगहरु समिश्रण भएपनि अब पालिका सबै जनप्रतिनिधि एकै परिवार भएकाले आग्रह र पूर्वाग्रह पन्छ्याएर आपसमा हातेपालो गरी अघि बढ्न आहवान गरे ।‘सदरमुकाम केन्द्रित पालिका घरपझोङ हो,हामीमा अवसर र चुनौतीहरु छन्,‘ अध्यक्ष लालचनले भने ,‘अब नमूना गाउँपालिका बनाउने अभिभारा हाम्रो काँधमा आएको छ,सबै वडाको भूमिका महत्वपूर्ण हुनुपर्छ ।’अध्यक्ष लालचनले मुस्ताङ अन्नपूर्ण सरक्षण आयोजना भित्र पर्ने र यसले गर्दा स्थानीय प्राकृतिक श्रोत साधन उपयोग र बजारिकणमा समस्या पर्ने गरेको बताए ।

Advertisement


स्थानीय तहको पहिलो गाउँ सभा अधिवेशनले पूर्वाधार निर्माण तथा प्राकृतिक श्रोत साधन उपयोगका लागि वातावरण प्रभाव मूल्यांकन ( ईआईए )गर्न कार्यनीतिमा बजेट समावेश गरिएको जानकारी दिए । ‘स्थानीय निकाय एक फल बडी हो, यसका सबै अंगको योगदान उक्तिकै समान हुन्छन् ,अध्यक्ष लालचनले भने,‘ कर्मचारी र जनप्रतिनिधिबीच समन्वय र सहकार्य हुन नसकेका जनता र पालिकाको विकासमा चाहिने आधारभुत कार्ययोजना सफल हुन सक्तैन ,कर्मचारी बर्ग राष्ट्रपती वफादार भएर निर्धक्क काममा लाग्नु पर्छ ।‘

जिसस प्रमुख माया गुरुङले जिल्लाका ५ वटै स्थानीय तहको समृद्धी र विकासका लागि जिल्ला समन्वय समितिले
समन्वय र सहजीकरण गर्ने प्रतिवद्धता जनाईन् ।

Advertisement

घरपझोङको पहिलो गाउँ सभा अधिवेशनलाई शुभकामना दिदै पूर्व गाउँपालिका अध्यक्ष आशबहादुर थकालीले स्थानीय तहको पहिलो कार्यकालमा केही गौरवको आयोजना सुरु भई काम अघि बढेपनि विभिन्न कारणले काम अघि बढ्न नसकेको उल्लेख गरे । ‘हामीले पालिका गौरवको योजना अघि बढाएका थियौ,पूर्व गापा अध्यक्ष थकालीले भने,‘ अब ती अधुरा कार्यहरुलाई नया टिमले पूरा गर्नु हुनेछ ।’

सो अवसरमा जिल्ला न्यायधिस रोमाकान्त ज्ञवाली र प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले घरपझोङको पहिलो गाउँ सभा अधिवेशन सफलताको शुभकामना दिए । गाउँ सभा उद्घाटन अघि उपाध्यक्ष जमुन थकालीले स्वागत मन्तब्य राखेकी थिईन् । अघिवेशन उद्घाटनमा ठिनी थकाली आमा समुहले थकाली सांस्कृतिक नृत्य प्रस्तुत गरेको थियो । गाउँ सभा अधिवेशनमा गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकाली र गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले गाउँपालिका आगामी त्रिवर्षीय आवधिक विकास योजना पुस्तकको संयुक्त रुपमा बिमोचन गरेका थिए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया