पाेखराकाे नगर सभा एमालेद्वारा बहिस्कार
समाधान संवाददाता
२०७९ असार १० गते १६:५३

पाेखरा ।
पाेखरा महानगर पालिकाकाे बजेट प्रस्तुत गर्ने नगर सभाकाे नेकपा एमालले बहिस्कार गरेकाे छ । नगर सभामा एमालेकाे बहुमत छ ।
नगर सभामा बजेट प्रस्तुत नहुँदै राताे किताब छापिएकाेले नगर सभा नै बहिस्कार गरेकाे एमाले नगर सभा दलका नेता राधिका याेगीलले समाधानलाई बताईन् । नगर सभामा प्रस्तुत भएपछि मात्र राता किताब छापिनु पर्छ भन्दै वडा नम्बर १७ कि वडाध्यक्ष समेत रहेकी याेगीले यस्ताे गम्भीर त्रुटी सच्याउन माग गर्दै नगर सभा बहिस्कार गरिएकाे बताइन् ।
आज दिउसाे ४ बजेका लागि पाेखरा सभागृह पाेखराकाे ११ औं नगर सभाकाे आयाेजना गरिएकाे थियाे । महानगरका मेयर धनराज आचार्यकाे अध्यक्षतामा बस्ने नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले बजेट भाषण प्रस्तुत गर्ने कार्यक्रम थियाे ।
सम्बन्धित









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया