पोखरा २५ सुइँखेतका घरहरु डुबानमा, ६०० घर प्रभावित

पोखरा ।
अविरल परेको मुसलधारे वर्षाका कारण पोखरा २५ हेमजाको सुइँखेत फाँटका घरहरु डुबानमा परेका छन् । वडाध्यक्ष मोतीराज तिमिल्सिनाका अनुसार ६०० घर प्रभावित भएका छन् । थुप्रै घरका मानिसलाई अन्त सार्नुपरेको जानकारी वडाध्यक्ष तिमिल्सिनाले दिए ।
घर गोठ र कृषि फर्महरु बाढीको डुबानमा परेका छन् । वरिपरिका डाँडाबाट पहिरो पनि खसेको छ । राति ११ बजेदेखि नै घरहरु डुबानमा परेर ती घरका मानिसहरु आफन्तकहाँ र वरपरका सार्वजनिक स्थानमा सर्नुपरेको जानकारी वडाध्यक्ष तिमिल्सिनाले दिए । ‘उद्धार कार्यमा छौं,’ उनले भने ।
सुइँखेत खोलामा आएको ठूलो बाढीले निकास नपाउँदा फाँटका घरहरु पुरिएका थिए । अहिले भने विस्तारै पानी घट्दै गइरहेको वडाध्यक्ष तिमिल्सनाले बताए ।
यसैबीच गण्डकी प्रदेशका केही स्थानमा आज शनिबार भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। देशका बाँकी स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।











विद्यार्थीलाई कपडा
जनता सहकारीको रक्तदान
सहारा स्कुललाई सहयोग
‘झ्व भ्वय’ १९ गते
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया