
पोखरा ।
संयुक्त बजार अनुगमन समिति गण्डकी प्रदेशले प्रशोधित पानी उच्च मूल्यमा बेचेको पाएपछि स्पष्टीकरण सोधेको छ । समितिले पेपे रेस्टुरेन्टसँग स्पष्टीकरण मागेको हो ।
आइतबार अनुगमनका क्रममा न्युरोडस्थित भाटभटेनीको माथिल्लो तलामा रहेको पेपे रेस्टुरेन्टले पानीको बोतल ५० रुपैयाँमा बिक्री गरेको पाइएकाले स्पष्टिकरण मागिएको उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए । ‘रेस्टुरेन्ट सञ्चालकलाई ३ दिनभित्र जिल्ला प्रशासन कार्यालय कास्कीमा आएर स्पष्टीकरण दिन भनेका छौं,’ उनले भने ।
गण्डकी प्रदेश अनुगमन समितिका निर्देशक नारायण आचार्यको नेतृत्वमा आइतबार नै जिरो किमीका २ फर्ममा अनुगमन गरिएको छ । अनुगमनका क्रममा हाम्रो सम्झाना सपिङ सेन्टरमा कागजपत्र अपडेट नगरेको र मागेका कागजपत्र उपलब्ध गराउन नसकेको भन्दै ५० हजार जरिवाना गरिएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १५ बमोजिम सेन्टरलाई जरिवाना गरिएको कोइरालाले बताए । यस्तै, कृष्ण पार्वती स्टोर्समा बिल बिजक अपडेट नपाइएपछि जरिवाना गरिएको छ ।
उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम स्टोर्सलाई २० हजार जरिवाना गरिएको हो । प्रदेश अनुगमन कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र उपभोक्ता मञ्चको टोलीले अनुगमन गरेको हो ।

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया