विशिष्ट लेखकलाई १ लाख पुरस्कार

काठमाडौं ।
नेपाली लेखक संघले १ लाख राशिको विशिष्ट लेखक पुरस्कार स्थापना गरेको छ । संघको शनिबार भएको दोस्रो पूर्ण बैठकले नेपाली साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनेस्रष्टालाई सो पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष तीर्थ श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले २०८० वैशाख १६ गतेदेखि हरेक वर्ष ‘लेखक दिवस’ मनाउन सुरुआत गर्ने निर्णय गरेको छ ।
उक्त दिन नेपाली लेखक संघका सबै प्रदेश तथा जिल्ला शाखालाई लेखक दिवस मनाउन निर्देशन दिने निर्णय बैठकले गरेको संघका सचिवालय सदस्य नवीनचन्द्र घिमिरेले जानकारी दिए । स्रष्टाहरूले राजनीति परिवर्तनका लागि चालेको सङ्गठनात्मक चेतको उच्च स्मरण गर्दै उक्त ऐतिहासिक दिनलाई नेपाली लेखक संघले ‘लेखक दिवस’ मनाउने निर्णय गरेको हो । उक्त दिवसकै अवसर पारेर प्रदान गरिने विशिष्ट लेखक पुरस्कारको अक्षयकोष स्थापना गर्न संघले आफ्नो तर्फबाट रकम संकलनसुरु गरेको छ ।
सो पुरस्कार प्रदान गर्न अक्षयकोषका लागि कार्यसमितिको तर्फबाट मात्रै ६ लाख संकलन भएको छ । सुरुआतमै निकै उत्साहपूर्वक स्वतस्फूर्त रकम संकलन भएको उक्त अक्षयकोषमा आगामी दिनमा पनि विभिन्न संघसंस्था र व्यक्तिबाट रकम संकलन गरी कोषमा कम्तीमा २० लाख पुर्याउने लक्ष्य लिइएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले उक्त पुरस्कार वितरण गर्नका लागि कार्यविधि निर्माण गरी स्रष्टाबाट स्रष्टाका लागि प्रदान गरिएको रकमलाई व्यवस्थित गरिने जनाए ।






आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया