जिल्ला प्रहरी कार्यालय कास्कीमा खुल्यो लाइब्रेरी क्याफे

पोखरा ।
प्रहरी कार्यालय जाने भनेपछि कतिपय त झस्कन्छन्। गण्डकी विश्वविद्यालयका डीन डा कपिल अधिकारीले सोमबार आज जिल्ला प्रहरी कार्यालय जानु छ भनेर घरमा सुनाउँदा परिवारका सदस्य सशंकित बने। तर जब उनले कारण खुलाए शंका दुर भइहाल्यो। अधिकारी जिल्ला प्रहरी कार्यालयमा सोमबारदेखि सुरु हुन लागेको पुस्तकालय उद्घाटन समारोहमा जाँदै थिए। हुन पनि प्रहरी कार्यालय छिर्ने कारण सुखद खबर बनेर आएको कमै हुन्छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबारदेखि सुरु गरेको लाइब्रेरी क्याफे नामको पुस्तकालयमा भने सर्वसाधारणको पनि पहुँच हुनसक्छ। जिप्रका कास्की प्रमुख एसपी रमेश थापाले प्रबुद्ध वर्ग पनि प्रहरीकहाँ प्रवेश गरुन् र उनीहरुसँग बौद्धिक छलफल गर्न सकियोस् भनेर पुस्तकालय स्थापना गरेको जनाए। ‘प्राज्ञिक व्यक्तित्वसँग हाम्रो पनि भेटघाट होस्, उहाँहरुका सुझाव सल्लाहबाट पुलिसिङ गर्न सकौं भन्ने उद्देश्य हो,’ उनले भने, ‘उहाँहरु पनि पढ्नका लागि प्रहरीकहाँ पनि आउने वातावरण होस्।’

डीन अधिकारीले संसारका उत्कृष्ट कुल गार्हस्थ उत्पादन भएकै मुलुकमा सबैभन्दा धेरै किताब छापिने गरेको सुनाए। ‘यसको मतलब ठूलो अर्थतन्त्र भएका मुलुकमा राम्रो पठन संस्कृति छ भन्ने देखिन्छ,’ उनले भने। पृथ्वीनारायण क्याम्पसका प्रमुख डा सरोज कोइरालाले विशेष विधाको पुस्तकालयका रुपमा विकास गर्न सुझाव दिए। क्याम्पसको नेपाली विभागका प्रमुख प्राडा कुसुमाकर न्यौपानेले पुस्तकालयका लागि पृनाको आफ्नो विभागबाट सहयोग गर्ने बचन दिए।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले नव निर्मित पुस्तकालय तथा क्याफे जिल्ला प्रहरी कार्यलयभित्र प्रवेश गर्ने सम्पूर्णमा सिकाइको नयाँ स्रोत बन्ने विश्वास व्यक्त गरे। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले प्रहरी कार्यालयमा पुस्तकालय तथा क्याफे स्थापना नया अभ्यास भएको सुनाए। जिप्रका कास्कीका डिएसपी सुन्दर तिवारीले प्रहरीहरु स्वयंका लागि पनि पुस्तकालय अध्ययनको थलो हुने विश्वास व्यक्त गरे।









४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया