पोखरा विश्वविद्यालयमा तालिम

पोखरा ।
पोखरा विश्वविद्यालयको २५ औं वार्षिकोत्सवको अवसरमा विश्व विद्यालय विज्ञान तथा प्रविधि संकायले एक हप्ते लाइफलङ लर्निङ (एलएलएल) ट्रेनिङ अन सस्टेनेबल तालिम सिरिज आयोजना गरेको छ ।
इजिइए इरास्मस्ट प्रोग्राम अफ युरोपियन युनियनको सहयोगमा भएको तालिम २ दिन सहभागीको भौतिक उपस्थितिमा हुनेछ । बाँकी दिनको तालिम अनलाइनमार्फत हुने तालिम संयोजक तथा विश्वविद्यालयका उपप्राध्यापक अर्जुन गौतमले जानकारी दिए ।
तालिममा पोखरा महानगरपालिका, जिल्ला प्राविधिक कार्यालय कास्की, भिमाद, शुक्लागण्डकी, व्यास र मध्य नेपाल नगरपालिका, पोखरा स्कुल अफ इन्जिनियरिङ, विभिन्न अनुसन्धान तथा आर्किटेक्ट गरी २३ जनाको सहभागिता छ ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विनायक भद्राले उद्घाटन गरेको तालिममा त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पसका सहप्रा डा सञ्जय उप्रेती, पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन राजेशकुमार ठकुराठी, विश्व विद्यालयका स्कुल अफ इन्जिनियरिङका उपप्राध्यापक एवं पूर्व डिन बुद्धिराज जोशी, योजनाकार वर्षा श्रेष्ठ, स्कुल अफ इन्जिनियरिङका निर्देशक ओमप्रकाश गिरीले सहरको दिगो विकासका लागि यस किसिमको तालिमले सहयोग पुग्ने बताए ।







मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
विद्या भट्टराईको घोषणा : महाधिवेशनमा उम्मेदवारी दिन्न, सांसद पनि लड्दिन
गण्डकी विश्वविद्यालयको ‘विद्यार्थी कल्याण तथा सामाजिक मामिला’ संयोजकमा लामा नियुक्त
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया