स्थानीय तह
वारागुङ मुक्तिक्षेत्रको विपद् कोषमा ८० लाख विनियोजन

जोमसोम–
मनसुन सुरु भएसंगै विपद् घटनाहरु पनि उत्तिकै हुन गर्छन् ।यसै संम्भावित हुनसक्ने विपद्का घटनाहरुलाई प्रतिकार्य गर्न तथा त्यसको व्यवस्थापन गर्न मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले बजेटमा ८० लाख रुपैया मौज्याद स्वरुप छुट्याएको छ ।
गत शुक्रबार सो गाउँपालिकाको १४ औं गाउँसभाको नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिकीकरण कार्यक्रममा वातावरण तथा विपद् व्यवस्थापन क्षेत्र शिर्षक अन्तर्गत विपद् व्यवस्थापन कोषमा आफ्नो पालिकाले ८० लाख रुपैया विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाले जानकारी दिए ।
वारागुङ मुक्तिक्षेत्रले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि वातावरण तथा विपद् व्यवस्थापन क्षेत्र शिर्षकमा १ करोड विनियोजन गरेको उनले बताए ।
वातावरणलाई प्रतिकुल हुन नदिन र त्यसको न्यूनिकरणका लागि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले शैक्षिक सस्थाहरुलाई ईन्डक्सन चुल्हो अनुदानका दिन ५ लाख बजेट विनियोजन गरेको हो ।
यस्तै,विपद् व्यवस्थापन सामाग्री खरिद गर्न १० लाख र फोहोर मैला व्यवस्थापन कार्यक्रम अन्तर्गत डस्टविन खरिद गर्न ५ लाख विनियोजन गरेको जनाएको छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया