गण्डकीका मुख्यमन्त्रीलाई पूर्व मुख्यमन्त्रीकाे सुझाव
कि अर्थमन्त्री बर्खास्त गर्नुस्, नत्र राजीनामा दिनुस्

पाेखरा ।
पूर्व मुख्यमन्त्री एवं गण्डकी प्रदेश सभाका प्रमुख प्रतिपक्ष दलका नेता पृथ्विसुब्बा गुरुङले गण्डकी प्रदेश सभामा तत्काल बजेट सत्र सुचारु गर्न माग गरेका छन् ।
उनले सभामा बजेट प्रस्तुत गरेर सत्ता पक्षउले नै अनिश्चितकालका लागि सदन स्थगित गरेकाे भन्दै याे भन्दा नालायकीपन केही पनि नहुने बताए । आफैले बजेट ल्याएर आफैले छलफल राेक्ने काम गैरसंसदीय भएकाे जीकिर गर्दै लाेकतान्त्रिक परिपाटी अनुसार चल्न पनि माग गरेका छन् ।
पूर्वमुख्यमन्त्री गुरुङले मुख्यमन्त्रीकाे निर्देशन नमान्ने मन्त्रीलाई बर्खास्त गर्न पनि सुझाव दिएका छन् । संसदीय परम्परा अनुसार मन्त्रीहरु मुख्यमन्त्रीप्रति उत्तरदायी हुनु पर्छ भन्दै मुख्मन्त्रीकाे निर्देशन विरुद्ध काम गर्ने मन्त्रीलाई बर्खास्त गर्न सुझाव दिएका हुन् । म हुन्थे भने यस्ता मन्त्रीलाई हटाइदिन्थे– उनले भने ।
बजेटमाथि छलफल गराउन पनि नसक्ने हाे र मुख्यमन्त्रीलाई नमान्ने मन्त्रीलाई हटाउन पनि नसक्ने हाे भने राजीनामा दिन समेत गुरुङले मुख्यमन्त्रीलाई सुझाएका छन् ।
एमालेलेकाे गण्डकी प्रदेश संसदीय दलले बुधबार पत्रकार सम्मेलनकाे आयाेजना गरेर यस्ताे माग र सुझाव राखेकाे हाे । संसदीय दलका नेता गुरुङले प्रदेश सभा छाेडेर अर्थ समितिकाे बैठक राख्न खाेजिएकाे भन्दै आपत्ति समेत जनाए । सदन छल्न नपाइने उनकाे भनाई थियाे ।
बजेेटमा सांसद विकास काेष हटाउनु ठिक नभएकाे उनकाे धारणा थियाे । आफ्नै पालामा सुरु भएकाे सांसद विकास काेषलाई निरन्तरता दिन माग गर्दै पूर्व मुख्यमन्त्री गुरुङले अर्थमन्त्रालयले अझै पनि ३६ संसदीय क्षेत्रका लागि ७२ कराेड रुपैया व्यवस्था गर्न सक्ने बताए ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया