सृजना माविमा विविध कार्यक्रम
पोखरा ।
पोखरा ८ मा अवस्थित सृजना आवासीय माध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबारका विभिन्न कार्यक्रम भएका छन् । युवा रेडक्रस सर्कल सृजना आवासीय माविको व्यवस्थापनमा पूर्व प्रावि तहदेखि कक्षा १० सम्म तहगत रूपमा फरक फरक विधामा अन्तर सदनात्मक विविध कार्यक्रम भएका हुन् ।
जसअन्तर्गत कुमारीभीम गुरुङको संयोजकत्वमा पूर्व प्रावि तहमा तातो आलु र आधारभू तह (कक्षा १ देखि ३ सम्म) रमिशा थापाको संयोजकत्वमा चम्चा दौड प्रतियोगिता भए । आधारभूत तह (कक्षा ४ देखि ७ सम्म) नेपाली समाचारवाचन प्रतियोगिता र कक्षा ८ देखि १० सम्म टेबलटेनिस प्रतियोगिता आयोजना गरियो ।
नेपाली समाचारवाचन प्रतियोगितामा कक्षा (४–५) अन्तर्गत स्मृति लम्साल प्रथम, समीक्षा पौडेल द्वितीय, प्रसिद्धि क्षेत्री तृतीय र सुवर्ण सुवेदी सान्तवना बने । कक्षा (६–७) अन्तर्गत अपेक्षा अधिकारी प्रथम, शशांक पहारी द्वितीय, दीपशिखा अधिकारी तृतीय र अस्मिना केसी र आयुष अधिकारी सान्त्वना बने ।
कक्षा ८–१० छात्रा अन्तर्गत टेबलटेनिस प्रतियोगितामा तृषा गुरुङ प्रथम, प्रजिता मुडभरी द्वितीय, रोनिस्का श्रेष्ठ र विनु गुरुङले तृतीय स्थान हासिल गरे । छात्र अन्तर्गत विशेष शेरचन प्रथम, डेभिड क्षेत्री द्वितीय, आदर कसेल र अनमोल सापकोटा तृतीय भएका छन् ।
आजको डिजिटल युगमा विद्यार्थीले देश, विदेशमा भइरहेका गतिविधि, घटना तथा सूचना रेडियो, टेलिभिजनबाट सुन्न र पत्रपत्रिकामा समाचार पढ्ने रुचि हराउँदै गएका बेला यस्तो कार्यक्रम गरिएको विद्यालयका नेपाली विभागीय प्रमुख विष्णुप्रसाद सुवेदीले बताए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया