पोखरा स्पोर्टस् अवार्डको तयारी पुरा, ट्रफी सार्वजनिक

समाधान संवाददाता २०७९ असार १६ गते १७:२१

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को तयारी पुरा भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बिहिबार पोखरामा पत्रकार सम्मेलन गरेर अवार्डको तयारी पुरा भएको जनाएको हो । पत्रकार सम्मेलन मार्फत अवार्ड कार्यक्रममा वितरण गरिने ट्रफी समेत सार्वजनिक गरिएको छ ।

मञ्चका अध्यक्ष दीननाथ बराल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिम्सिना पंगेनी, मञ्चका पूर्व अध्यक्ष विनोद लामिछाने, निवर्तमान अध्यक्ष एकराज गिरी, नेपाल पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ बञ्जरा लगायतले ट्रफी सार्वजनिक गरेका थिए । अवार्ड समारोह यहीं असार १८ गते दिउँसो ठिक ३ बजेदेखि पोखरा सभागृह हलमा हुँदैछ । स्पोर्टस् अवार्डमा कुल ७ वटा अवार्ड वितरण गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

यसरी वितरण गरिने अवार्डको विधामा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार विधा रहेको पौडेलको भनाई छ । वर्ष खेलाडी पुरुष विधामा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदिप खड्का, वर्ष खेलाडी महिलामा भलिवलकी अरुणा शाही, क्रिकेटकी मनिषा उपाध्याय र करातेकी सरगम कुमाल, उदियमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटका श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बु, उत्कृष्ट प्रशिक्षक विधामा क्रिकेटका रिजन प्रजु, तेक्वान्दोकी रेकमाया गुरुङ र टेनिसका निरज थापा मनोनयन सूचिमा परेका छन् । तीमध्ये छनोट समितिले गरेको निर्णयको आधारमा उत्कृष्ट १ जनालाई अवार्ड वितरण हुनेछ ।

Advertisement

लाइफ टाइम अचिभमेन्ट अवार्ड अग्रज खेलाडी गणेश बहादुर भट्टराईलाई प्रदान गरिनेछ । उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार विधाको भने घोषणा हुन बाँकी रहेको मञ्चले जनाएको छ । पोखरा स्पोर्टस् अर्वाड अन्र्तगत वर्ष खेलाडी पुरुष र महिलाले टेल जी ब्राण्डको टाइगर मोडलको इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद पैतिस हजार रुँपैयाको साथमा ट्रफी प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए । यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया