साइबर अपराधबारे सचेतना कार्यक्रम

पोखरा ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पोखरा ९ पृथ्वीचोकले बिहीबार साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ । विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत पोखरा १० मा रहेको कालिका माध्यमिक विद्यालयमा कार्यक्रम गरेको सेवा केन्द्रका सचिव उत्तम जोशीले जानकारी दिए ।
पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले विकृति, विसंगति अन्त्य गरी समुन्नत तथा सभ्य समाज निर्माणमा सेवा केन्द्रको भूमिका रहेको बताए । उनले समुदाय स्तरमा गरिने सचेतनामूलक कार्यक्रममा वडा कार्यालयले सहकार्य गर्ने उल्लेख गरे । सेवा केन्द्रका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार चिरञ्जीवी श्रेष्ठले ‘विकृति र विसंगतिरहित समाजको निर्माण हाम्रो अभियान’ भन्ने मुल नाराका साथ सेवा केन्द्रले लागुऔषध नियन्त्रण, लैगिंक तथा घरेलु हिंसा न्यूनीकरण र विपद् व्यवस्थापनमा काम गरेको बताए ।
उनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर, छात्रवृत्ति लगायतका कार्यक्रम गरेको जानकारी दिए । सेवा केन्द्रका कार्य समितिका सदस्य टंकप्रसाद पौडेलले २१ औं शताब्दीको सूचना प्रविधिको युगमा युवा विद्यार्थी जानेर नजानेर साइबर अपराधका घटनामा पर्न सक्ने उल्लेख गरे । उनले अनलाइन तथा इन्टरनेटको माध्यमबाट बालबालिकालाई हिंसा तथा दुव्र्यवहारका घटना हुन सक्ने चर्चा गरे । उनले साइबर अपराधबाट जोगिने उपाय र कानुनी उपचारको बारेमा सहजीकरण गरेका थिए ।
विद्यालयका सहायक प्रधानाध्यापक श्रीराम आचार्यले सेवा केन्द्र तथा वडा कार्यालयको समन्वयमा भएको सचेतनामूलक कार्यक्रमले विद्यार्थीलाई साइबर अपराधका घटनाबाट जोगिन सहयोग पुगेको बताए ।









‘नेपाली कांग्रेससँग अब विशेष महाधिवेशनमा जानुबाहेक विकल्प छैन’
रविको ६० लाख धरौटी आदेश सदर
सम्पादकीय—प्रेस स्वतन्त्रताको कसीमा २०२५
सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया