लेडी जेसिजको ह्याप्पी लिडर चेन्ज द वल्र्ड तालिम

पोखरा ।
पोखरा लेडी जेसिजले महिलालाई लागि लक्षित गरी ह्याप्पी लिडर चेन्ज द वल्र्ड विषयक तालिम सञ्चालन गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ४ सँगको सहकार्यमा तालिम भएको हो । वडा अध्यक्ष देवकृष्ण पराजुलीले तालिमको उद्घाटन गर्दै सुखी नेतृत्वले समाज परिवर्तन गर्न सक्ने बताए ।
नेतृत्व र व्यक्तित्व विकासमा जेसीजको योगदान रहेको चर्चा गर्दै उनले राज्यका हरेक निकायमा महिलाको समानुपातिक प्रतिनिधित्व आवश्यक भएको उल्लेख गरे । वडा नम्बर ४ का वडा सदस्य पार्वती माकाजुले आर्थिक रुपमा सशक्त नभएसम्म महिलाको समग्र क्षेत्रमा विकास सम्भव नभएका उल्लेख गरिन् । उनले तालिमबाट धेरै महिला लाभान्वित भएको जनाइन् ।
प्रमुख प्रशिक्षक तथा नेपाल जेसीज वर्ष १९९०का राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर विकल शेरचनले सहजीकरण गरेका थिए ।
कार्यक्रममा पोखरा लेडी जेसीजका वर्ष २०२१ का अध्यक्ष विनिता सापकोटा कँडेल (कमला शर्मा), जेसिज वर्ष २०२२का सचिव प्रमिला सुवेदी, कार्यक्रम संयोजक इन्द्रेणी चालिसे सुवेदी, पोखरा लेडी जेसीजका इभेन्ट म्यानेजर रीता पाण्डे लगायतले तालिमको महत्वबारे बोलेका थिए ।
पोखरा लेडी जेसीजले सामाजिक रुपान्तरणका लागि समुदायलाई लक्षित गरी जेसीज सप्ताह लगायतका कार्यक्रम गर्दै आएको छ ।









इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया