पुष्पज्योति ऊर्जा तथा जलस्रोत विभाग सचिव

काठमाडौँ ।
कास्कीका एमाले नेता पुष्पज्योति ढुंगाना ऊर्जा तथा जलस्रोत विभाग सचिव बनेका छन् । नेकपा एमालेले विभिन्न केन्द्रीय विभागका सचिव मनोनयन गरेको छ । केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले १३ वटा विभागका सचिव मनोनयन गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।
एमालेले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न कार्यदल गठन गरेको छ । बैठकले स्थानीय तह निर्वाचनको क्रममा भएको अनुशासनहीनता, अराजकता र अन्तर्घातको विषयमा छानबिन गर्न उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलका सदस्यमा केन्द्रीय निर्वाचन विभागको प्रमुख तथा उपमहासचिव विष्णु रिमाल र केन्द्रीय संगठन विभाग प्रमुख खगराज अधिकारी छन् । उनले स्थानीय तह निर्वाचनसम्बन्धी विभिन्न उजुरी आएको उल्लेख गर्दै कार्यदलले उजुरीमाथि छानबिन गर्ने र आवश्यक कारबाहीको सिफारिस गर्ने बताए । ‘चुनावमा भएका विभिन्न अराजक कुराहरु, अनुशासनहीनताका कुराहरु, अन्तर्घातको विषयहरु यसले छानबिन गरेर आफ्नो रिपोर्ट पेस गर्नेछ र आवश्यक कारबाही यो आफैँले गर्न सक्नेछ,’ उनले भने ।








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया