हिमाल कलेजमा विद्यार्थी, अभिभावक र शिक्षकबिच अन्तरक्रिया

समाधान संवाददाता २०७९ असार २० गते ११:२२

पोखरा ।
हिमाल कलेज अफ म्यानेजमेन्टमा विद्यार्थी, अभिभावक र शिक्षकबिच अन्तरक्रिया सम्पन्न भएको छ । एसइई दिएर बसेका विद्यार्थी र उनीहरुका अभिभावकबिच एसइईपछिको अध्ययनबारे अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियामा हिमाल कलेज नै किन छान्ने रु अन्य कलेज र हिमाल कलेजबिच के फरक भन्ने विषयमा छलफल भएको थियो । छोटो समयमै संख्यात्मक र गुणात्मक हिसाबले फड्को मार्न सफल हिमाल कलेज अफ म्यानेजमेन्टमा उत्कृष्ट शिक्षकद्वारा पढाई हुने भएकाले पनि विद्यार्थीले राम्रो नतिजा ल्याउन सफल भएको कलेजका प्रिन्सिपल हरि कार्कीले जानकारी दिए ।

कलेजले गेस्ट् लेक्चर समेत ल्याएर विद्यार्थीहरुलाई अनुभव सुनाउँदै आएको छ । यसअघि नेपाली फिल्मका महानायक राजेश हमाल र पूर्व मिस नेपाल शृंखला खतिवडा पनि आएर आफ्ना अनुभव बाँडेका थिए । व्यवहारिक एवम व्यवसायिक शिक्षामा आफूहरुले जोड दिएको उनले बताए । विद्यार्थीलाई खेलकुद, संगीत साथै फिल्ड भिजिट समेत कलेजले गराउँदै आएको छ । ब्याचलरमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिपमा कामको समेत व्यवस्था कलेजले गर्दै आएको छ ।

Advertisement

चाडै नै कलेजका शिक्षक र विद्यार्थीको संयुक्त लगानीमा बेकरी र क्याफे सञ्चालनमा आउने कलेज प्रमुख कार्कीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया