लायन्स गण्डकी प्रदेशका ३ कार्यक्रम

समाधान संवाददाता २०७९ असार २० गते १२:२४

पोखरा ।
लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशले लायन वर्ष २०२२-२३ को शुुभारम्भको पहिलो दिन जुलाई १ मा एकै दिन ३ कार्यक्रम गरेको छ । शुुक्रबार आयोजित कार्यक्रममा क्लबले नयाँ क्लब जन्माएको छ । गण्डकी प्रदेशको प्रायोजनमा नयाँ लायन्स क्लब सुरुआत गरिएको हो । प्रह्लाद लोहनी संस्थापक अध्यक्ष रहेको नयाँ क्लबको नाम लायन्स क्लब अफ पोखरा समता प्रदेश छ ।

क्लबकी मेम्बरशिप कोचेयरपर्सन लायन मीना तिवारीलाई विहादी गाउँपालिका, पर्वतको उपाध्यक्ष पदमा निर्वाचित भएकोमा बधाई ज्ञापनसहित सम्मान गरिएको छ । सो अवसरमा डिस्ट्रिक्ट चिफ एड्भाइजर लायन धनीराम बराल, रिजन चेयरपर्सन भानुुभक्त अधिकारी, जोन चेयरपर्सनद्वय धर्मराज अर्याल र लायन कोपिला श्रीस तथा क्लबकी नवनिर्वाचित अध्यक्ष लायन उषा थापाले उपाध्यक्ष तिवारीलाई सम्मान गरे ।

डिस्ट्रिक्ट चिफ एड्भाइजर धनीराम बरालले क्लबकी लायन वर्ष २०२२-०२३ की अध्यक्ष उषा थापाले आफूले जिम्मेवारी लिएकै दिनमा एकै दिन तीन वटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गर्नु ऐतिहासिक भएको बताए । डिस्ट्रिक्ट गभर्नरको थिम अनुसार काम गरेर क्लबलाई उत्कृष्ट बनाउन शुुभकामना दिँदै उनले क्लबमा स्थायी सदस्य बनाएर दिगो बनाउन सुुझावसमेत दिए । कार्यक्रम क्लबकी नवनिर्वाचित अध्यक्ष उषा थापाको अध्यक्षतामा भएको भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया