जेष्ठ नागरिक मिलन केन्द्रमा २ सय जनाको आँखा जाँच

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखा र लायन्स क्लब अफ पोखरा भैरवको संयुक्त आयोजना २ सय १५ जनाको आँखा जाँच गरिएको छ । ज्येष्ठ नागरिक लक्षित निशुल्क आँखा शिविरमा हिमालय आँखा अस्पताल घारीपाटनले सहयोग गरेको थियो । रामबजार जेष्ठ नागरिक मिलन केन्द्रमा आबद्ध ज्येष्ठ नागरिक लक्षित मोतियाबिन्दुको निशुल्क अप्रेसनका साथ सञ्चालित आँखा शिविर पोखरा १० का वडाध्यक्ष राजेश गुरूङले सुुरुआमत गरे । उनले ८७ वर्षीय योबहादुर गुरुङ लाई शिविरको पेस्क्रिप्सन कार्ड हस्तान्तरण गरे ।
वडाध्यक्ष गुरुङले सामाजिक संघ, संस्थाले यस खालका कार्यक्रम आयोजना गरी सरकारले गर्नुपर्ने काम गर्दै आएको बताए । उनले आउदा दिनमा मानवीय सेवाका राम्रा कार्यमा वडा कार्यालयले पनि सहकार्य गर्ने उनले प्रतिवद्धता जनाए । आँखा परीक्षण गरिएकामध्ये ६ जनामा मोतियाविन्दु भई अप्रेसन जरुरी देखिएकाले हिमालय आँखा अस्पताल रिफर गरिएको छ । शिविरमा जाँच गराएका र आँखा कमजोर भएकालाई सित्तैमा चश्मा बितरण गरिएको रेडक्रस उपशाखा १० का सभापति सम्मरबहादुर श्रेष्ठले जानकारी दिए ।
शिविरमा हिमालय आँखा अस्पतालका नेत्र सहायकहरु डा. धर्मभन्दा घोडासैनी, प्रतीक्षा बास्तोला, आशीष शाहिन, अञ्जली भुसाल , अरुण रोकाय लगायतले आँखा जाँच गरेका थिए । कार्यक्रममा लायन्स क्लब अफ पोखरा भैरवका संस्थापक अध्यक्ष सुरेन्द्रमान बिजुक्छे, रामबजार ज्येष्ठ नागरिक मिलन केन्द्रका कार्यबाहक अध्यक्ष माया गुरुङ भुजेल, हिमालय आँखा अस्पतालका नेत्र सहायक डा. धर्मेन्द्र घोडासैनी, पोखरा भैरवका प्रथम उपाध्यक्ष कृष्ण सुवेदी, नेपाल रेडक्रस सोसाइटी पोखरा १० का उपसभापति जीवन श्रेष्ठ, श्रीकृष्ण कतिला, उपशाखा १० का सचिव सूर्यबहादुर बानिया लगायतले बोलेका थिए ।








तनहुँमा खाद्य नमूना संकलन गरिँदै
जमे खोला, धारा; कठिन दिनचर्या
‘डिजिटल साक्षरता, अनुसन्धानात्मक पत्रकारिता र नैतिक रिपोर्टिङ’ तालिम : उपलब्धिमूलक
मानवअधिकार उल्लंघनकर्तालाई कारवाही माग
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया