निवर्तमान मेयर जिसीले गरेको भाडा सम्झौता रद्द गर्न माओवादीको माग

पोखरा ।
नेकपा (माओवादी केन्द्र) पोखरा महानगर कमिटीले निवर्तमान मेयर मानबहादुर जिसीले गरेको सरकारी जग्ग निजी क्षेत्रलाई दिने सम्झौता रद्द गर्न माग गरेको छ । मंगलबार विज्ञप्ति निकालेर महानगर अध्यक्ष हरिनारायण गिरी (विज्ञान)ले अपारदर्शी ढंगले सार्वजनिक जग्गा भाडामा दिनुलाई अपराधको संज्ञा दिँदै त्यसको निष्पक्ष छानबिन गरी कानुनी कारवाही गर्न माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिगत स्वार्थका लागि सार्वजनिक पद र सम्पत्तिको दुरुपयोग गर्ने कुरालाई कुनै पनि आधारमा न्यायोचित मान्न सकिँदैन ।’ सबै राजनीतिक दल चुनाव केन्द्रीत गतिविधिमा रहेका बेला प्रक्रिया मिचेर व्यक्तिगत लेनदेनमा यस्तो सम्झौता भएको उनको आरोप छ ।
पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले बिदाइ हुनु २ दिनअघि ३ ठाउँका ६८ रोपनी जग्गा निजी क्षेत्रलाई भाडामा दिएका थिए । पोखरा उपत्यका नगर विकास समितिको मातहतमा रहेका ती जग्गा निकै सस्तो भाडादरमा निजी क्षेत्रलाई दिइएको छ ।
पर्यटन बसपार्क र गल्फकोर्स र पृथ्वीचोकको यातायात कार्यालय छेउको जमिन जिसीले प्रक्रिया मिचेरै भाडामा दिएका हुन् । महानगरका मेयर नै उपत्यका नगर विकास समितिको अध्यक्ष हुने व्यवस्था छ । समितिका सदस्य सचिव र सदस्यहरुलाई थाहै नदिई जिसीले सम्झौता गरेको पुष्टि भएपछि यसको चौतर्फी विरोध भएको छ ।
मेयर धनराज आचार्यले सम्झौताबारे आफूलाई सोमबार मात्र थाहा भएको जनाउँदै आवश्यक छानबिन गरी कानुन अनुसार अघि बढ्ने बताए ।









वैकल्पिक शक्तिको नयाँ ध्रुव: ६ घण्टाको छलफलपछि रवि र बालेनबिच सहकार्यको सहमति
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया