विकासमा लडाईं नगरौंः मन्त्री रामशरण बस्नेत

मोहसिन अली मियाँ
गोरखा
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले विकासका काममा विवाद गर्न नहुने बताएका छन् । आरुघाट गाउँपालिका ५ को आर्बाङमा वडा कार्यालय भवन उद्घाटन गर्दै मन्त्री बस्नेतले विकास निर्माणका काममा एकताको खाँचो औंल्याए । ‘हामी सबै कुनै न कुनै राजनीतिक पार्टीमा आस्था राख्छौं, विचारका लागि लडाई गर्छौ’, उनले भने, ‘तर त्यो लडाई चुनावमा मात्रै हुनुपर्छ, विकासमा होइन ।’
विकास अभियान अघि बढिसकेको बताउँदै मन्त्री बस्नेतले प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यको आवश्यकतामा जोड दिए । सबैको एजेन्डा विकास र समृद्धि भएकाले जनताको अपेक्षा अनुसार काम गर्नुपर्नेमा उनको जोड छ । ‘अहिले हामी सबैको साझा चासो विकास र समृद्धि हो’, उनले भने, ‘केन्द्र, प्रदेश र स्थानीय तह सबैको ध्यान कसरी जनताको जीवनस्तर सुधार्न सकिन्छ भन्नेमै छ ।’
पहिले नेताको चाहना अनुसार योजना बन्ने गरेको भन्दै उनले अब जनताकै माग र भावना अनुसारका काम हुन थालेको बताए । खानेपानी, सडक, विद्यालय निर्माण जस्ता योजनालाई सरकारले प्राथमिकता दिएको उनको भनाइ छ । जिल्लाको उत्तरी क्षेत्रका जनताले भोगेका पीडा आफूले नजिकबाट महसुस गरेको भन्दै उनले उत्तरी गोरखाले अब काँचुली फेर्ने दावीसमेत गरे ।
कार्यक्रममा आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहाल, नेकपा जिल्ला संयन्त्र सदस्य कृष्ण नेपाली, स्वारा सघनका कार्यकारी निर्देशक सीताराम श्रेष्ठ लगायतले बोलेका थिए । २७ लाख २६ हजामा भवन निर्माण भएको संस्थाका आवास संयोजक रविन कट्टेलले बताए ।
धार्चे गाउँपालिका ७ स्थित लापुवेशी खानेपानी आयोजना निर्माण भएको छ । गण्डकी प्रदेश मातहतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखा अन्तर्गत सञ्चालित उक्त योजना शनिबार मन्त्री बस्नेतले उद्घाटन गरे । ६५ लाख ८१ हजार लागतमा निर्माण भएको योजनाबाट ४१ घरधुरी लाभान्वित हुने इन्जिनियर देवबहादुर लामाले बताए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया