लायन्स कुमुदले पृथ्वीनारायण क्याम्पसमा वृक्षरोपण गर्याे

पोखरा ।
लायन्स क्लब अफ पोखरा कुमुदको आयोजनामा बुधबार वृक्षरोपण गरिएको छ । लायनहरुले पृथ्वीनारायण क्याम्पस प्रांगण विभिन्न जातका ५० विरुवा रोपे ।
कार्यक्रममा पोखरा सहायक क्याम्पस प्रमुख मीनराज लम्सालले वातावरणीय सन्तुलन कायम गर्न वृक्षरोपणको महत्वपूर्ण भूमिका हुने बताए । उनले वृक्षरोपणसँगसँगै ती बिरुवा हुर्काउने जिम्मेवारी पनि निर्वाह गर्न आग्रह गरे ।
क्लबकी अध्यक्ष मीना गुरुङले क्लबले पहिलो वृक्षरोपण बुधबार गरेको बताइन् । मानव जीवन र पृथ्वीमै जनवायु परिवर्तनका कारण संकट आउन सक्ने भएकाले बेलैमा सचेत हुनुपर्नेमा जोड दिइन् । गण्डकी प्रदेशसभा सदस्यसमेत रहेकी गुरुङले भनिन्, ‘वृक्षरोपणले एकातिर वातावरण सन्तुलन गरी मानिसलाई स्वस्थ बन्न मद्दत गर्छ भने अर्कातिर पशुपक्षीको आहार संरक्षण पनि हुन्छ । जनवायु परिवर्तनका कारण जीव र पृथ्वीकै अस्तित्वमा आउन सक्ने संकट टार्न पनि सघाउँछ ।’
कार्यक्रममा वृक्षरोपण संयोजक लीला भट्टराई, क्लबकी सचिव विष्णु एकता र सुचित्रा थापाले पनि बोलेका थिए ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया