इक्यान मेलामा उत्साहपूर्ण सहभागिता

पोखरा ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा पोखरा सभागृहमा सञ्चालित सातौं इक्यान शैक्षिक मेला शनिबार सकिएको छ । उच्च शिक्षाका लागि विदेश जान चाहने नेपाली विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी आयोजिना गरिएको २ दिने मेलामा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रह्यो ।
परामर्श लिन आएकी अनु राणाले मेलामा शिक्षण संस्थाबारे एकै ठाउँमा धेरै जानकारी पाएको सुनाइन् । ‘कुन कलेज पढ्ने, कुन विषय रोज्ने, शुल्क कति लाग्छ, छात्रवृत्तिको व्यवस्था के छ भनेर बुझ्न पाइयो,’ अर्का अवलोकनकर्ता सन्देश गुरुङले भने, ‘एकै ठाउँमा यति धेरै शिक्षण संस्थाबारे बुझ्न पाउँदा समयको बचत भएको छ, सबै कलेजमा पुगेर बुझ्न सम्भव पनि हुँदैन ।’ मेलामा आउने विद्यार्थीलाई शिक्षण संस्था सञ्चालक, शिक्षक, स्वयंसेवक र त्यहाँ अध्ययनरत विद्यार्थीले निःशुल्क परामर्श दिएका छन् ।
मेलामा विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई विभिन्न देशका शिक्षण पद्धति, त्यहाँको शैक्षिक वातावरण र अध्ययन संस्थाका बारेमा जानकारी गराइएको मेला संयोजक तथा इक्यान कास्की कोषाध्यक्ष युवराज पौडेलले जानकारी दिए ।
व्यवसायिक प्रवद्र्धन र विद्यार्थी अविभावकले पाउनुपर्ने सूचना एकीकृत ढंगले प्रदान गर्न मेला सफल भएको इक्यान कास्की अध्यक्ष इविन्द्रराज तिवारीले बताए । मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताका ४० शैक्षिक परामर्श कक्ष थिए भने विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिको सहभागिता रहेको प्रचारप्रसार संयोजक कमलनाथ बरालले बताए । बरालले भने, ‘विद्यार्थीको उत्साहजनक सहभागिता रह्यो । शनिबार बिहानदेखि पानी परेकाले पनि सुरुमा अवलोकनकर्ता कम नै थिए । तर, साँझपख भने अवलोकनकर्ताको चाप बढेको थियो ।’
नेपालबाट विशेष गरी भारत, अस्ट्रेलिया, अमेरिका, बंगलादेश, न्युजिल्यान्ड, बेलायतका साथै युरोप महादेशका विभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी जाने गर्छन् ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया