पोखरा ३० मा वृद्धवृद्धाको सित्तैमा स्वास्थ्य जाँच

समाधान संवाददाता २०७९ असार २६ गते १२:३६

लेखनाथ ।
पोखरा ३० शिशुवा स्थित त्रिनेत्रेश्वर शिव मन्दिर प्रांगणमा बिहीबार वृद्धवृद्धाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिशुवा ज्येष्ठ नागरिक समाज कास्कीको आयोजना एवं अजित स्वास्थ्य क्लिनिकको सहयोगमा ४० वृद्धवृद्धाको स्वास्थ्य जाँच गरिएको हो ।

उनीहरुको रक्तचाप र सुगर सित्तैमा जाँच गरिएको छ । स्वास्थ्य परीक्षणमा क्लिनिकका सञ्चालक गीता पँगेनी र ल्याब टेक्नेसियन सागर पौडेल खटिएका थिए । ज्येष्ठ नागरिक समाजका अध्यक्ष द्रोणाचार्य पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकारहरु भुवानीप्रसाद बास्तोला र बलराज पौडेल र सचिव ताराप्रसाद पौडेलले बोलेका थिए ।

शिशुवा ज्येष्ठ नागरिक समाज कास्कीको पहलमा त्रिनेत्रेश्वर शिव मन्दिरमा पण्डित कृष्णप्रसाद लामिछानेद्वारा दैनिक धार्मिक प्रवचन हुँदै आएको छ । वृद्धवृद्धालाई निशुल्क दिवा जलपानको व्यवस्थासमेत गर्ने गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया