जनप्रतिनिधिलाई संगम सहकारीको शुभकामना
पोखरा ।
संगम बचत तथा ऋण सहकारी संस्था पोखरा १५ ले स्थानीय तहमा निर्वाचित शेयर सदस्यलाई शुभकामना दिएको छ । पोखरा १५ का वडा अध्यक्ष तोरणबहादुर बानियाँ , मादी ४ का वडा अध्यक्ष शिवप्रसाद सापकोटा , पोखरा महानगर कार्यपालिका सदस्य मन्दिरा परियार र वडा १५ का सदस्यहरु बलराम पौडेल , आशिष भण्डारी र सेतिमाया गुरुङलाई बधाई दिएको हो ।
सहकारीका अध्यक्ष निरज थापाले नागरिकले देख्न र बुझ्न सक्ने गरि आफ्ना वडाको बिकास गर्न शुभकामना व्यक्त गरे । गर्नुपर्ने र गर्न सकिने थुप्रै कामको फेहरिस्त नागरिक र स्थानीय संघसंस्थासँग हुने भएकोले उनीहरुसँगको सल्लाह र सहकार्यमा अगाडी बढ्न पनि उनले सुझाए । सहकारी पनि स्थानीय तह सँग मिलेर काम गर्न तयार रहेको थापाले बताए ।
अध्यक्ष बानियाँले वडाको भौतिक बिकास सँग मानवीय बिकासलाई पनि जोड्दै अघि बढ्ने बताए । अध्यक्ष सापकोटाले यस क्षेत्रका नागरिकले मत दिन नपाए पनि मन दिएकाले आफू बिजयी भएको बताउदै आफू सधै इमानदारीसाथ निष्ठावान भएर वडाको बिकासमा लागिरहने बताए । कार्यपालिका सदस्य परियारले आफू पनि छिट्टै संगम सहकारीसँग जोडिन चाहेको बताइन् ।
संस्थाका उपाध्यक्ष नवराज तिवारीले आफ्ना सेयर सदस्यहरुलाई जनप्रतिनिधिको रूपमा स्वागत गर्न पाएकोमा खुसी व्यक्त गरे । लेखा संयोजक भोविन्द्र गिरी र सल्लाहकार संयोजक कृष्ण प्रसाद ढकालले जनप्रतिनिधिहरुलाई सेयर सदस्यको नाताले कारोबार वृद्धिमा साथ दिन अनुरोध गरे ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया