सगरमाथाकाे उचाइ नाप्न बालुवाटारबाट टाेली निस्कियाे

समाधान सम्वाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जान लागेको कर्मचारीको टोलीलाई आज बिदाइ गरेका छन्।
भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोली आज त्यसतर्फ जाँदैछन्।
टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम,नापी अधिकृत रवीन कार्की,सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन्।
टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित शुभकामना तथा बिदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ नाप्न लागिएकाले यस टोलीको प्रतिवदेन आधिकारिक हुने बताएका छन्।
‘नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुँदैछ । तपाईंहरूले सेन्टिमिटरसहितको उचाइ नापेर ल्याउनु होला’ प्रधानमन्त्री ओलीले भने, तपाईंहरूले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुनेछ।’
प्रधानमन्त्री ओलीले टोलीलाई लक्ष्य हासिल गर्नका लागि शुभकामना दिएका छन्। तर मौसम र स्वास्थ्यलाई भने ख्याल गर्न प्रधानमन्त्रीले सुझाए।
‘लक्ष्यमा अडिग रहनुहोस् तर स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकूल भयो भने जिद्दी नगर्नुहोस् । सगरमाथा त्यही हुन्छ। अर्को पटक गएर नापेर आए हुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘गाइडको निर्देशन पालना गर्नुहोला।’
सरकारको तर्फबाट सगरमाथाको उचाइ मापन कार्य ऐतिहासिक भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।








केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया