पोखरा १२ द्वारा कम्पोष्ट बिन वितरण

समाधान संवाददाता २०७९ असार २८ गते १६:२८

पोखरा ।

Advertisement

पोखरा महानगरपालिका वडा नम्बर १२ ले किसानलाई कम्पोस्ट बिन वितरण गरेको छ । पोखरा महानगर कृषि महाशाखाको ५० प्रतिशत अनुदानमा १०० किसानलाई कम्पोस्ट मल बनाउन प्रयोग गरिने बिन वितरण गरेको हो ।

वडाध्यक्ष सन्तोष बास्तोला र महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले बिन हस्तान्तरण गरेका हुन् । भान्साबाट निस्किएको कुहिने फोहोरमैलालाई मल बनाउने गरी किसानले ती डब्बा प्रयोग गरुन् भन्ने उद्देश्य रहेको वडाध्यक्ष बास्तोलाले जनाए ।

कृषि महाशाखा प्रमुख कडरियाले फोहोरबाट कसरी कम्पोस्ट मल बनाउन सकिन्छ भन्नेबारे किसानलाई जानकारी गराए । कार्यक्रम संयोजन वडा सदस्य शान्तबहादुर थापाले गरेको थिए । कम्पोस्ट मल बनाउन प्रयोग हुने त्यस्तो डब्बालाई बजारमा १८ सय रुपैयाँ पर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया