कञ्चन पत्रकारिता पुरस्कारका लागि छनोट समिति

समाधान संवाददाता २०७९ असार २९ गते १०:५४

पोखरा ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कार २०७९ का लागि प्रतिभा छनोट समिति गठन गरिएको छ । समाजसेवी एवं व्यवसायी विमलमान गुुभाजूू र उनको परिवारद्वारा वेदमान गुुभाजूू र नेत्रकुमारी गुुभाजूूकोस्मृतिमा स्थापित सो पुरस्कारका लागि नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापामगरको संयोजकत्वमा ५ सदस्यीय छनोट समिति गठन गरिएको हो ।

Advertisement

फोनिज गण्डकी प्रदेशको बैठकबाट बनेको छनोट समितिका सदस्यमा शान्ति गुरुङ, एमबी आस्था मगर, अध्यक्ष रूद्रबहादुर श्रीसमगर र महासचिव धनबहादुर गुरुङ (सुमन) छन् । सो पुरस्कार आगामी साउन २७ गते फोनिजको २२ औं स्थापना दिवसका अवसरमा गण्डकी प्रदेश कार्यक्षेत्र भएका २ आदिवासी जनजाति पत्रकारलाई जनही २५ हजार नगदसहित प्रदान गरिनेछ । यो पुरस्कारबाट यसअघि, रूद्रबहादुर थापामगर, राजेशचन्द्र राजभण्डारी, शान्ति गुरुङ र केबी रानामगर सम्मानित भइसकेका छन् ।

बैठकले फोनिजको २२ औं स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको महासचिव धनबहादुर गुरुङ (सुमन)ले जानकारी दिए । प्रतियोगिता गर्न सचिव सुशान्त गाहामगरलाई संयोजकको जिम्मेवारी तोकिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकी र सञ्चारिका समूह, गण्डकीसँग फोनिज, गण्डकी प्रदेशले मैत्रीपूर्ण फुटसल प्रतियोगिता सञ्चालन गर्ने भएको हो । फोनिज, गण्डकीले स्थापना दिवसको अवसरमा लेखनवृत्ति प्रतियोगितासमेत आयोजना गर्ने निर्णय गरेको छ । लेखनवृत्तिका लागि पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा ३ सदस्यीय निर्णायक समिति गठन गरिएको छ ।


फोनिज गण्डकी प्रदेश अध्यक्ष रूद्रबहादुर श्रीसमगरको अध्यक्षतामा भएको बैठकमा फोनिज गण्डकी प्रदेशका निवर्तमान इन्चार्ज हुमबहादुर गुरुङ, संस्थापक अध्यक्ष एमबी आस्था मगर र पुरस्कारका संस्थापक विमलमान गुभाजूले समेत धारणा राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया