श्रीलङ्कामा सङ्कटकाल घोषणा

श्रीलङ्कामा संकटकाल घोषणा गरिएको छ । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघले देशमा संकटकाल घोषणा गरेका हुन् । प्रधानमन्त्रीको कार्यालयका एक प्रवक्ताकाअनुसार देशको पश्चिमी प्रान्तमा निषेधाज्ञा पनि जारी गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
चरम आर्थिक संकट व्यहोरिरहेका श्रीलंकाका जनता राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध नै उर्लिएका छन्। श्रीलंकाले इतिहासमै सबैभन्दा खराब र ठूलो आर्थिक संकटको सामना गरिरहेको छ ।
बेलायतबाट सन् १९४८ मा स्वतन्त्र भएयता यो दक्षिण एसियाली राष्ट्रको सबैभन्दा गम्भीर आर्थिक संकट हो। मूल्यवृद्धि र अत्यावश्यक वस्तुको अभावको विरोधमा महिनौंदेखि विरोध प्रदर्शन भइरहेका छन् ।
देशमा विदेशी मुद्रा सकिएको छ। इन्धन, खाद्यान्न र औषधिलगायत आधारभूत वस्तुको आयात हुन नसक्दा अभाव भएको छ।वर्षौंदेखि सत्तामा रहेका राजापाक्षे परिवारले अर्थतन्त्रको उचित व्यवस्थापन नगरेको र चीनबाट धेरै ऋण लिएको आरोप धेरैले लगाएका छन् ।









पोखरा बहुमुखी क्याम्पस अध्यक्षमा शंकर गुरुङ
‘पहाड भो मलाई’ गीत सार्वजनिक
खरबारी बन्याे सुन्तला बगैँचा
सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया