प्रहरी विधेयक संशोधन आवश्यकः मन्त्री चुमान

समाधान संवाददाता, पोखरा
प्रहरीले सम्पादन गर्ने १ सय ९० वटा संशोधन प्रस्ताव पेस हुँदा केन्द्रीय सरकारले मुख नखोलेकामा मन्त्री हरिबहादुर चुमानले आपत्ति जनाएका छन् ।
गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री चुमानले केन्द्रीय सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कामको विषयमा संसदमा पेस गरेको विधेयकलाई संशोधन गर्न माग गरेका हुन् ।
विधेयक जस्ताको तस्तै पास भए प्रदेश र स्थानीय सरकारले कानुन बनाउन नपर्ने भन्दै उनले विधेयक संशोधन गर्न माग गरेका हुन् । विधेयकको विषयमा सरकार मौन बस्नु दुखद् भएको बताए । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले आयोजना गरेको संघीय संरचना र हाम्रो पत्रकारिता विषयक अन्तक्र्रियामा मन्त्री चुमानले केन्द्र सरकारलाई यो विधेयक फिर्ता लिएर संशोधित विधेयक पेस गर्न सुझाव दिए ।
संविधानले नै दिएको अधिकार कटौती गर्ने ढंगले ल्याइएको विधेयक संशोधन वा फिर्ताको विकल्प नरहेको प्रष्टाए । काम गर्दै जाँदा देखिएका अन्योललाई चिर्दै र जनअपेक्षित काम गर्दै प्रदेश सरकारले आफूलाई अगाडि बढाउने उनको भनाई छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले सिंहदरबारको विकृति प्रदेशमा पनि आएको बताए । प्रदेश र स्थानीय सरकारलाई सक्रिय अनि स्थापित गर्न पत्रकारको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ । पत्रकारिता राजनीतिक आस्थाको छायाँमा परेकाले त्यसबाट माथि उठ्नुपर्ने ज्ञवालीले बताए ।
केन्द्रीय सदस्य ज्ञवालीले लोकतन्त्र स्थापना गर्न भूमिका खेलेका सञ्चारमाध्यमलाई प्रदेश र स्थानीय सरकारले सहि ढंगले बुझ्न नसकेको उनले बताए । प्रदेश र स्थानीय सरकारले केन्द्र सरकारलाई नै उछिनेर प्रेस स्वतन्त्रता संकुचित गर्नेगरी कानुन ल्याएकाले सच्याइनुपर्ने र प्रेस मैत्री बनाइनुपर्नेमा जोड दिए ।
महासंघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र बास्तोलाले संघीय सरकार र स्थानीय सरकारले गरेका कामबाट आम जनताले राहत पाए भन्ने विषय महत्वपूर्ण हुने बताए । कार्यक्रममा अवधारणा पत्र राख्दै पत्रकार केशवशरण लामिछानेले संघीयता कार्यान्वयनका क्रममा देखिएका जटिलताले पत्रकारलाई पनि सहज नभएको बताए ।
लामिछानेले तहगत सरकारकाबीचमा देखिएका अन्योललाई प्रष्टाउने समाचार लेखिनुपर्ने खाँचो औंल्याए । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा भएको अन्तक्र्रिया कार्यक्रम महासचिव गणेश पौडेलले सञ्चालन गरेका थिए ।







‘संविधानबाहिरको सरकारलाई समर्थन मिल्दैन’
कास्की आइडलको दोस्रो चरणमा ३५ जना
ह्याङ्जाकोटको पर्यटन प्रवर्द्धनमा पैरवी
लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीमा परशुराम
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया