महाराजगञ्ज एनसेल सेन्टरमा महिलामात्र

काठमाडौं ।
एनसेल आजियाटा लिमिटेडले काठमाडौंको महाराजगञ्जमा महिला कर्मचारीद्वारा सञ्चालित एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ । महिला कर्मचारीद्वारा व्यवस्थापन तथा सञ्चालन गरिएको यस सेन्टरको सुरुवातले महिला सशक्तीकरण, लैंगिक समानता र समुदाय विकासका लागि योगदान गर्ने कम्पनीको विश्वास छ ।
यो अवधारणा एनसेलको विविधता, समानता र समावेशिता मिसन अनुरुप रहेको र जसले कार्यस्थलमा विविधता, समानता र समावेशिताको दृढतापूर्वक प्रोत्साहन गर्ने कम्पनीको दाबी छ । एनसेलका मानव संशाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले यो कदमले एनसेलको डिइआइ अर्थात विविधता, समानता र समावेशितालाई बढावा दिने नीतिमा ठूलो महत्व राख्ने बताए ।
एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहालले लैंगिक समानताले व्यवसाय थप सुदृढ हुन सम्भव हुने विचार राखिन् । यस एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारी लगायत विभिन्न कर्पोरेट सेवासमेत लिन सक्छन् । ग्राहकले यस सेन्टरबाट सिम फोरजीमा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन, सियुजी नम्बरको आवश्यक फेरबदल, बिज प्लान, अन्तर्राष्ट्रिय रोमि सुचारु, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका सेवा प्राप्त गर्न सक्छन् ।







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया