प्राध्यापकलाई सेमेस्टरबारे अभिमुखीकरण

समाधान संवाददाता २०७५ चैत २७ गते १४:०४

समाधान संवाददाता
पोखरा

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गतका क्याम्पसका प्राध्यापकका लागि नयाँ पाठ्यक्रमसम्बन्धी अभिमुखीकरण तथा कार्यशाला सञ्चालन गरिएको छ । त्रिवि व्यवस्थापन संकाय डिनको कार्यालयको आयोजना गण्डकी प्रदेश अन्तर्गत एमविएस कार्यक्रम सञ्चालन भएका क्याम्पसका प्राध्यापकलाई सेमेस्टर प्रणालीमा आधारित नयाँ पाठ्यक्रमसम्बन्धी अभिमुखीकरण तथा कार्यशाला भएको हो । कार्यशालामा निजी, सामुदायिक र आंगिक क्याम्पस गरी १३ वटा क्याम्पसका १ सय ८० जना प्राध्यापक सहभागी थिए ।

जनप्रिय बहुमुखी क्याम्पसमा चैत २४ र २५ गते भएको कार्यशालामा त्रिवि व्यवस्थापन संकायका डिन प्राडा डिल्लीराज शर्माले प्राध्यापकहरु समयअनुरुप परिवर्तन हुँदै जानुपर्ने बताए । त्रिविका शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीले सबै शिक्षक तथा विद्यार्थीलाई सदैव क्रियाशील राख्न र विद्यार्थीको चौतर्फी विकासमा सेमेस्टर प्रणालीले मद्दत पु¥याउने विश्वास व्यक्त गरिन् ।

Advertisement

कार्यशालामा जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिरन्जी गौतम, त्रिवि व्यवस्थापन संकायका सहायक डिन दिनेशमणि अधिकारी, प्राध्यापक मेघराज अधिकारी र डा.गोविन्द तामाङले अनुभव आदानप्रदान गरेका थिए ।

यसैबीच जनप्रिय बहुमुखी क्याम्पसको रिसर्च म्यानेजमेन्ट सेल (आरएमसी) द्वारा वार्षिक रुपमा प्रकाशित जनप्रिय जर्नल अफ इन्टरडिस्प्लिनरी स्टडिज (जेजेआइए) को सातौं अंक त्रिविका शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठी, व्यवस्थापन संकायका डिन प्राडा डिल्लीराज शर्मा र जेआरसिसी जनप्रियका प्रधान सम्पादक प्राडा विकासकुमार केसीले संयुक्त रुपमा विमोचन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया