स्वास्थ्य पत्रकार मञ्च गण्डकी गठन

पोखरा ।
गण्डकी प्रदेशको राजधानी पोखरामा स्वास्थ्य क्षेत्रमा काम गर्ने पत्रकारहरु संगठित भएका छन् । शनिबार भएको पत्रकारको भेलाले स्वास्थ्य पत्रकार मञ्च गण्डकी प्रदेशको तदर्थ समिति गठन गरेको छ । यदुनाथ बञ्जाराकोे अध्यक्षतामा बनेको समितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिव अनिशा श्रेष्ठ र कोषाध्यक्षमा पुष्प दाहाल छन् ।
सदस्यमा रिना थापा, विन्दु परियार र नीरज पन्त चुनिएका छन् । नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति महासचिव गोविन्द सुवेदीले स्वास्थ्य क्षेत्रमा रहेका विकृति, विसंगति उजागर गर्दै सर्वसुलभ स्वास्थ्यका लागि खबरदारी गर्न जरुरी रहेको बताए । पत्रकार स्थायी प्रतिपक्षी रहेकाले यो वा त्यो कारणले प्रभावित हुन नहुने उनको भनाइ छ ।
नवनिर्वाचित अध्यक्ष बञ्जाराले स्वास्थ्य क्षेत्रमा रहेका विकृति, विसंगतिका विरुद्ध सशक्त कलम चलाउने र स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकारलाई धेरैभन्दा धेरै समेटेर उनीहरुको हकहितमा काम गर्ने प्रतिवद्धता जनाए । भेलामा पोखरामा रहेर स्वास्थ्य क्षेत्रमा समाचार लेख्ने ३ दर्जन पत्रकारको सहभागिता थियो ।








कसले मार्ला बाजी ?
‘नेपाली कांग्रेससँग अब विशेष महाधिवेशनमा जानुबाहेक विकल्प छैन’
रविको ६० लाख धरौटी आदेश सदर
सम्पादकीय—प्रेस स्वतन्त्रताको कसीमा २०२५
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया