सहकारी उत्पादनमा जोडिनैपर्छः राधिका योगी

पोखरा ।
सहकारी संस्था विधि, नीति तथा मूल्य, मान्यताका आधारमा सञ्चालन हुनुपर्नेमा जोड दिइएको छ । पोखरा १७ मा सञ्चालित सफल बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित लेखा तालिमको उद्घाटन सत्रमा वक्ताहरुले सुशासन र पारदर्शितामा जोड दिएका हुन् ।
पोखरा १७ का वडाध्यक्ष राधिका शाही योगीले मुलुकको समृद्धिका लागि सहकारीहरु उत्पादनसँग जोडिनुको विकल्प नभएको बताइन् । सहकारी आर्थिक कारोबारसँगै सेयर सदस्यको जीवनस्तर उकास्ने खालका गतिविधिमा लाग्नुपर्ने बताइन् । योगीले सहकारीबीच प्रतिष्पर्दाभन्दा पनि सहकार्य र समन्वय जरुरी भएको जनाइन् । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सहकारीका संस्थापक अध्यक्ष अनिल शाहीले तालिमवाट प्राप्त ज्ञान सहकारी सञ्चालनमा उपयोगी बन्ने विश्वास व्यक्त गरे । सहकारी संस्थाबीच स्वच्छ प्रतिस्पर्धा एवं पारदर्शितमा उनको जोड छ ।
कार्यक्रममा संस्थाका सेयर सदस्य योगी पोखरा १७ का वडाध्यक्ष र वसुन्धरा लामिछाने पोखरा ७ को वडा सदस्यमा निर्वाचित भएकोमा उनीहरुलाई बधाई ज्ञापन गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । संस्थाका सञ्चालक समिति, सल्लाहकार विभिन्न उपसमितिका संयोजक तथा सदस्य र कर्मचारीको सहभागिता रहेको उक्त तालिममा सहकारी प्रशिक्षक नारायणप्रसाद आचार्यले प्रशिक्षण दिएका थिए ।
सहकारीका अध्यक्ष वासुदेव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष हरिप्रसाद बास्तोला, सल्लाहकारद्वय विष्णुबहादुर द्वारे र डिबी भुजेल, उपाध्यक्ष पवित्रा जिसी, लेखा सुपरिवेक्षण समितिका संयोजक रुकुमबहादुर जिसी, शिक्षा उपसमिति संयोजक रमेश ढुंगाना, सचिव गणेश श्रेष्ठ लगायतले बोलको थिए । ५ सय सेयर सदस्य रहेको यो सहकारीको कारोबार ८ करोडभन्दा बढी छ ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया