रेशम चौधरीको रिहाइकाे माग गर्दै राजपाले देशभर प्रदर्शन गर्ने
समाधान संवाददाता
२०७५ चैत २७ गते १६:१३

समाधान संवाददाता, काठमाडाैं
राष्ट्रिय जनता पार्टी नेपालले टीकापुर घटनामा पुर्पक्षका लागि जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइलगायतका माग राखेर देशै भरि प्रदर्शन गर्ने भएको छ।
राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले आगामी शुक्रबार सबै जिल्लामा कोण सभा र प्रदर्शन गर्न सर्कुलर जारी गरेका छन्।
राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, राजबन्दीहरूका मुद्दा फिर्ता गर्नुपर्ने माग राखेर प्रदर्शन गर्न लागेको हो।
उसले जन्मसिद्धका नागरिकलाई वंशजको नागरिकता दिनुपर्ने, भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर्नुपर्ने माग पनि राखेको छ।
केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन राजपाले केही महिनाअघि फिर्ता लिएको थियो।
सम्बन्धित







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया