काठमाडाैं जिल्ला अदालत बारकाे अध्यक्षमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं ।
काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको निर्वाचनमा कुल एक हजार २ सय ५२ मत खसेकोमा पौडेलले नौ सय ६४ मत ल्याएका हुन् ।
लोकतान्त्रिक वैचारिक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा पिपुल्स लिगल एसोसिएट्सका संस्थापक समेत रहेका पौडेलले कानुन व्यवसायीहरुको संस्था डेमोक्रटिक लयर्स एसोसिएसनका तर्फबाट प्रतिनिधित्व गर्दै काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका हुन् ।
शनिबार भएको निर्वाचनमा सदस्य पदमा भिष्म निरौला, मदनकुमार दाहाल, संकल्प क्षेत्री, सूर्यमणि राई, सुनिल थापा, सूर्यबहादुर दौल्याल, सुवास पाठक, हरिराम लामिछाने, चेतनाथ तिमल्सेना (चेतन), जीवन न्यौपाने, प्रवीण हुमागाई र दिपककुमार साह निर्वाचित भए । योसँगै काठमाडौं जिल्ला अदालत बार एसोसिएसनमा डीएलएका तर्फबाट १९ सदस्यीय कार्यसमिति चयन भएको हो ।








टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया